back
CTIZAN AD

सेनेटरी प्याड आयातमा कर छुट गर्ने निर्णयविरुद्ध उत्रिए स्वेदशी उत्पादक

वि.सं.२०७९ जेठ १७ मंगलवार

858 

shares

काठमाडौं । सेनेटरी प्याड आयातमा सरकारले ९० प्रतिशत छुट दिने निर्णयको नेपाल सेनेटरी प्याड उत्पादक संघले विरोध जनाएको छ । संघले मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दैे सरकारको यस्तो निर्णयले नेपालका प्याड उद्योगहरु धरायशी हुने भन्दै तत्काल निर्णय फिता नलिए संघर्षमा जाने चेतावनी दिएको हो ।

नेपालमा ठूला साना गरी ३५–४० उद्योगहरु सञ्चालनमा रहेका छन् । ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन भइरहेको छ । ६ हजार जनाले रोजगारी पाइरहेका छन् । जसमध्ये अधिकांश महिलाहरु रहेको संघले जनाएको छ ।

बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरेको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा नगरेको भन्दै संघले आपक्ति जनाएको हो ।

तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्ने भन्दै सरकारको यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुने ठहर संघले गरेको छ । डेढ अर्बको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक ७५ अर्ब पुग्ने र व्यापार घाटाको डरलाग्दो घेराबाट उम्किन नीजि क्षेत्र नसक्ने भन्दै आपत्ति जनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष डोलराज अधिकारीले ०७९/८० को बजेटले प्याड उद्योगीहरु अन्यायमा परेको सुनाए । उनले भने,‘सेनेटरी प्याड आयातमा ९० प्रतिशत छुट दिएको छ । सरकारले आयातमा यति धेरै छुट दिन आवश्यक छैन् ।’ उनले तत्काल यो निर्णय फिर्ता लिन सरकारसँग माग राखे ।

‘हामीले कर तिर्छौ, काम गर्ने वातावरण देउ भन्ने दुइटा माग गरेका छौ ।’–उनले भने । उनले स्वदेशी उद्योगलाई धरायशी बनाउने खालको बजेट आएको सुनाए । नेपालमा ४० देखि ३५ वटा देशभर प्याड उत्पादन गर्ने कम्पनी रहेको हो ।

प्याड उद्योगमा सबैजनाको गरेर ६ अर्ब बढी लगानी रहेको उनले बताए । नेपालमा जम्मा खपत ३० करोड हुने भन्दै ९० करोड उत्पादन गर्ने क्षमता नेपाली उद्योगमा रहेको उल्लेख गरे । उनले ६० प्रतिशत उत्पादन भएका प्याड कहाँ बेच्ने त्यसको टुंगो नभएको उनले स्पष्ट पारे ।

उनले भने,‘यस्तो अवस्थामा सरकारले आयातलाई हदैसम्मको सुविधा दिएर विदेशी मोडललाई प्राथमिकता दिएको हो । उनले सरकारको १.५ प्रतिशत कर लगाएर आयात गर्ने नीतिले नेपाली उद्योगहरु ध्वस्त र बन्द हुने अवस्था सिर्जना भएको बताए । उनले भने,‘६ हजार जनाको रोजगारी गुमाउने अवस्था छ ।’–उनले भने ।

६ अर्ब गुमाउनु पर्ने अवस्था आएको भन्दै उनले अबिलम्ब सरकारले यो निर्णय फिर्ता नलिएमा जुनसुकै पहल कदमी चाल्न बाध्य हुनेपनि चेतावनी दिए । ‘उद्योग चलाउने अवस्था छैन्, सबै उद्योगीहरु मिलेर अर्थमन्त्री र सरकारलाई तालाचावी बुझाउने निर्णय गरेका छौ ।’

पाकिस्तानमा बाहिरका सामान आयातमा २० प्रतिशत आयातमा कर लगाइएको भन्दै भारतमा पनि २३ प्रतिशत कर लिएको उल्लेख गरे । तर, नेपालमा १.५ प्रतिशत आयातमा ट्याक्स लिएर नेपाली उद्योगलाई ध्वस्त गर्ने, सिध्याउने, नष्ट गर्ने नीतिले उद्योग सकिने अवस्थामा पुगेको उनले बताए ।

प्रेस विज्ञप्ती

देश आज सेनेटरी प्याडको उत्पादनमा आत्मनिर्भर भई सकेको अवस्था छ । यहाँ ठूला साना गरी ३५–४० उद्योगहरु ६ अर्वको लगानीमा ९० करोड थान सेनेटरी प्याड उत्पादन क्षमता भई ६ हजार जनाको रोजगारीमा जसमध्ये अधिकांश महिलाहरु रहेका छन् । हालको नेपाली बजारको माग भने ३० करोड थान मात्रै रहेको छ ।

नेपालमा भएका विभिन्न उद्योगहरुबाट उत्पादीत हुने सेनेटरी प्याडको गुणस्तर विश्वस्तरीय रहेको र यहाँका उत्पादनहरुले नेपाल गणस्तर चिन्ह पनि प्राप्त गरिसकेका छन । नेपाली उत्पादनहरुको मुख्य किफायति हुनका साथै विदेशी उत्पादन भन्दा निकै सस्तो र गुणस्तरयुक्त रहेको छ । आयातीत उत्पादनहरुको गुणस्तरको चेक जाँच भने कुनै निकायले गर्दैन तर हालै भएको बजेट भाषणमा आयातीत सेनेटरी प्याडमा ९०% भन्सार महशुल छुटको घोषणा गरीएको छ । हालको १५% रहेको भन्सार महशुल अव १.५% मात्र लागु हुनेछ जबकी कच्चा पदार्थमा १% भन्सार महशुलको घोषणा गरीएको छ तर केही कच्चा पदार्थ तथा प्याकेजिङ मटेरीयलमा लाग्ने ५४ अन्त शुल्क वारे कुनै घोषणा गरीएको छैन । यसो हुँदा तयारी वस्तु भन्दा कच्चा पदार्थमा बढी कर तिर्नु पर्छ जबकी कच्चा पदार्थ तथा तयारी वस्तुको भन्सार महशुल कम्तिमा दुई तहको फरक हुनुपर्ने हो यो कदमले स्वदेशी उद्योगहरु अप्रतिस्पर्धि भई बन्द हुनेछन र रु. १.५ अर्वको हालको आयात अत्याधिक बढेर ५ वर्षमा वार्षिक रु. ७५ अर्व पुग्नेछ र व्यापार घाटाको डरलाग्दो घेरा बाट हामी कहिल्यै उम्किन सक्ने छैनौं ।

महिनावारी व्यवस्थापनमा प्रयोग हुने सेनेटरी प्याडमा कर माफीको महिलाहरुको माग सम्बोधन गर्न आयातीत उत्पादनलाई प्रोत्साहन दिई स्वदेशी उद्योग धारासायी हुने यो निति गलत भएको हाम्रो ठहर छ । बहुराष्ट्रीय कम्पनिका बहु चर्चित ब्राण्डका आयातीत सेनेटरी प्याड संग नेपाली ब्राण्डलाई प्रतिस्पर्धा गर्न गाह्रो अवस्थामा सरकारको यस नितिले नेपाली उद्योगहरुलाई चुर्लुम्म डुब्ते बनाएको छ । देशलाई आत्मनिर्भर बनाउदै जाने सपनामा ठुलो बज्रपात भएकोछ । आयात प्रतिस्थापन गर्ने उद्देश्यले स्थापित सेनेटरी प्याड जस्तो अत्यावश्यक उद्योगलाई संरक्षण गर्नका निम्ति हामी आहवान गर्दछौं ।

नेपाल सेनेटरी प्याड उत्पादक संघ
मिति : २०७९/०२/१७
डोल प्रसाद अधिकार

वि.सं.२०७९ जेठ १७ मंगलवार १८:१२ मा प्रकाशित

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

प्रतिनिधिसभाः लागुऔषध, विपद् जोखिम र सडक पूर्वाधारका समस्या समाधान गर्न आग्रह

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरूले लागुऔषध कारोबार,...

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

अर्थमन्त्री डा वाग्लेद्वारा आर्थिक सर्वेक्षण पेस

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आर्थिक...

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

वर्ष मलको अभाव हुन नदिन सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौँ ।  प्रतिनिधिसभाका सांसदले यस वर्ष किसानलाई मलको अभाव हुन...