back
CTIZAN AD

उत्कृष्ट कार्य गर्ने सात किसानलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार

वि.सं.२०७९ जेठ १८ बुधवार

924 

shares

बनेपा । कृषि फार्म सञ्चालन गरी व्यावसायिक रूपमा काम गर्दै आएका किसानहरूलाई थप प्रेरणा प्रदान गर्न कृषि ज्ञान केन्द्रले पुरस्कृत गरेको छ । उक्त केन्द्रका काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक हेर्ने धुलिखेल कार्यालयले मंगलबार एक कार्यक्रम गरी उत्कृष्ट कार्य गर्ने सात किसानलाई नगद, प्रमाणपत्र र दोसल्लासहित सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा बनेपा नगरपालिका–१३ का क्यान्डी उत्पादन व्यवसायी कलमा लामा, नमोबुद्ध नगरपालिका–८ का तरकारी खेती व्यवसायी दीपेशचन्द्र लामा, बनेपा नगरपालिका–४ का पशुपालन तथा तरकारी व्यवसायी अप्सरा घिमिरे, मण्डनदेउपुर नगरपालिका–६ का दुग्ध उत्पादक व्यवसायी राजेन्द्र ढकाल सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१० का पशुपालन व्यवसायी भीमबहादुर दुलाल, मेलम्ची नगरपालिका–११ का पशुपालन व्यवसायी न्युच्र्युङ तामाङ र हेलम्बु गाउँपालिका– २ का किवी उत्पादन व्यवसायी डिन्डु तामाङ छन् । उनीहरूलाई कृषि विकास निर्देशनालय बागमती प्रदेशका प्रमुख रवीन्द्रबहादुर प्रधान र उक्त केन्द्रका प्रमुख तेजप्रसाद दवाडीले जनही रु १५ हजारसहति प्रमाणपत्र प्रदान गरेका थिए ।

निर्देशनालयका प्रमुख प्रधानले किसानहरूलाई थप हौसला प्रदान गर्न पुरस्कृत गरिएको बताए । व्यावसायिक क्षेत्रमा लाग्ने किसानहरूमध्ये प्रत्येक जिल्लाबाट तीनजना छनोट गरेर उक्त पुरस्कार प्रदान गरिँदै आएको उनले जानकारी दिए । परम्परागत कृषि प्रणालीबाट अब आधुनिक कृषि प्रणालीलाई बढाउँदै लैजाने कार्यमा केन्द्रित रहेर कृषकहरूलाई थप हौसला प्रदान गर्न एक निर्वाचन क्षेत्र एक नमूना फार्म र ठूला १० वटा फार्महरूसमेत सञ्चालन गर्न सहयोग गर्दै आएको निर्देशनालयका प्रमुख प्रधानको भनाइ थियो ।

वि.सं.२०७९ जेठ १८ बुधवार ०७:५६ मा प्रकाशित

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

कृषिउपजको थोक मूल्य, कुन तरकारीको मूल्य प्रतिकेजी कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

कति तोकेको छ समितिले आजका लागि तरकारी तथा फलफूलको थोक मूल्य ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

‘बर्डफ्लु’ नियन्त्रणका लागि आकस्मिक कार्य सुरु,१० जिल्लामा ५ लाख बढी कुखुरा नष्ट

कीर्तिपुर (काठमाडौँ) । सरकारले बर्डफ्लु प्रभावित क्षेत्रमा रोग नियन्त्रण र...