काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले आजदेखि स्थानीय निकायका जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिँदैछ ।
केन्द्रले बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई आज र भोली दुईदिन प्रशिक्षण दिने भएको हो ।
काठमाडौंको कमलपोखरीस्थित पुरानो कुमारी सिनेमा हलमा दिइने लागेको उक्त प्रशिक्षण कार्यक्रमको पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहान ११ बजे उद्घाटन गर्ने केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संसारन्युजलाई जानकारी दिएका छन् ।
उनका अनुसार बुधबार र बिहीबार संचालन हुने उक्त प्रशिक्षण कार्यक्रमका लागि देशैभरीका महानगरपालिका, नगरपालिका तथा गाउँपालिकाका प्रमुखहरु तथा केही स्वतन्त्र रुपमा निर्वाचित गरी २६० जना जनप्रतिििनधिहरु र पार्टीका शिर्षनेताहरुलगायतको सहभागीता रहनेछन् । साथै उद्घाटनसत्रमा पार्टीका अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता नारायणकाजीले प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षण कार्यक्रममा स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने जानकारी दिइएको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार ०८:१४ मा प्रकाशित






























