काठमाडौं । हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावका कारण देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति पनि मधेश प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको र प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन ÷ चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ जेठ १८ बुधवार ०८:३५ मा प्रकाशित






























