back
CTIZAN AD

भारतमा एक दिनमा दुई हजार ७४५ कोरोना सङ्क्रमित

वि.सं.२०७९ जेठ १८ बुधवार

606 

shares

काठमाडौँ । भारत मङ्गलबार दुई हजार ७४५ कोरोनाका नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

सोमबार दुई हजार ३३८ लाई कोरोना सङ्क्रमण भएको थियो । सोमबार तुलनामा मङ्गलबार कोरोना सङ्क्रमितको संख्यामा बढेको छ, अर्थात ४०७ जना कोरोना सङ्क्रमित बढेका मन्त्रालयले थप जानकारी दिएको छ ।

हाल यहाँ १८ हजार ३८६ सक्रिय सङ्क्रमित रहेका छन् । यद्यपी हिजो सार्वजनिक भएको समाचारअनुसार १७ हजार ८८३ सक्रिय सङ्क्रमित रहेका थिए । यो संख्या कुल सङ्क्रमितको ०.०४ प्रतिशत हो ।

मङ्गलबार मध्यरातीसम्म अर्थात २४ घण्टाको समयावधीमा दुई हजार ३३६ लाई कोरोना निको भएपछि कोरोनाबाट मुक्त भएकाको संख्या कुल चार करोड २६ लाख १७ हजार ८१० पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा छको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुने कुल मृतकको संख्या पाँच लाख २४ हजार ६३६ पुगेको छ । एजेन्सीबाट

भारतले मङ्गलबार १० लाख ९१ हजार ११० को कोरोना भाइरस सङ्क्रमणको परीक्षण भएको थियो । भारतमा कोरोना शुरुभएदेखि हालसम्म कुल ८५ करोड आठ लाख परीक्षण भएको छ ।

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरु गरिएको थियो । सो समयदेखि हालसम्म एक अर्ब ९३ करोड ५७ लाख २० हजार ८०७ डोज खोप लगाइएको छ ।

 

वि.सं.२०७९ जेठ १८ बुधवार १६:५५ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...