back
CTIZAN AD

नाराको अध्यक्षमा अधिकारी निर्वाचित

वि.सं.२०७९ जेठ १९ बिहीवार

678 

shares

काठमाडौँ । जलयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सिज (नारा)को अध्यक्षमा शिव अधिकारी निर्वाचित भएका छन् । नाराको बुधबार सम्पन्न ३३औँ वार्षिक साधारणसभा एवं निर्वाचन कार्यक्रममा अधिकारीको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । नवनिर्वाचित अध्यक्ष अधिकारी एडरिफ्ट एडभेञ्चरका सञ्चालकसमेत हुन् ।

उपाध्यक्षमा रेन्बो एडभेञ्चरका सञ्चालक शिशिर खनाल, महासचिवमा रक रिभरसाइड रिसोर्टका सञ्चालक नारायण श्रेष्ठ, सचिवमा नेपाल रिभर रनरका सञ्चालक राजु खड्का, कोषाध्यक्षमा नेक्सस हिमालयन रिभरका सञ्चालक राजेन्द्र थपलिया र सहकोषाध्यक्षमा स्वीसा ¥याफ्टिङका सञ्चालक इन्दुदेवी वाग्ले निर्वाचित भएको निर्वाचन अधिकृत सूर्यप्रसाद जोशीले जानकारी दिए ।

कार्यसमिति सदस्यमा रिभर बे एण्ड ¥याफ्टिङका सञ्चालक महेन्द्र श्रेष्ठ र तमोर रिभर एडभेञ्चरका सञ्चालक मदन ढकाल निर्वाचित भएका छन् । नारामा निवर्तमान अध्यक्ष र पोखरा शाखाका अध्यक्ष स्वतः पदेन सदस्य हुने व्यवस्था रहेको छ । यस्तै एक जनालाई अध्यक्षले पछि मनोनीत गर्ने नाराले जनाएको छ । नाराको वर्तमान कार्यसमितिको कार्यकाल दुई वर्ष हुने व्यवस्था रहेको छ ।

वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:२२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...