back
CTIZAN AD

अत्यधिक गर्मी बढेपछि स्वास्थ्यमा ध्यान दिन आग्रह

वि.सं.२०७९ जेठ १९ बिहीवार

2.6K 

shares

टीकापुर । एक साता यता कैलालीसहित तराईका जिल्लामा गर्मी बढेको छ । अझै केही दिन गर्मी बढ्न सक्ने मौसमविद्ले बताएका छन् ।
हावा कम मात्रामा चल्ने र आकाश पनि सफा नभएका कारण आजभोलि अन्य समयभन्दा बढी गर्मी महसुस हुन थालेको छ । मनसुन सुरु भएपछि गर्मी कम हुँदै जाने मौसमविद् प्रतिभा मानन्धर बताउँछन् “अझै केही दिन गर्मी बढ्ने अनुमान गरिएको छ”, उनले भने ।

कैलालीमा यस वर्ष सबैभन्दा बढी गर्मी गत वैशाख १३ गते रेकर्ड भएको छ । त्यो दिन कैलालीको अधिकतम तापक्रम ४०.८ डिग्री सेल्सियस मापन भएको थियो भने अहिले अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस हाराहारी छ । गर्मी बढ्ने सम्भावना अझै रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत महाकाली वेसीन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरी बताउ छन् । “अझै केही दिन तापक्रम बढ्छ”, उनले भने ।

गर्मीको समयमा जाडोको तुलनामा शरीरलाई हानी पु¥याउने जीवाणु बढी सक्रीय हुने भएकाले विभिन्न रोगको सङ्क्रमण हुनसक्ने चिकित्सक बताउँछन् । टीकापुर अस्पतालका डा संवाद खरेल गर्मीका कारण धेरै समस्या देखिन सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आवश्यक रहेको बताउँछन् । “दिउँसो घाममा सकेसम्म नहिँडौँ, हिँड्नै परे पनि शरीरको सुरक्षा हुने खालका उपाय अपनाएर हिँडौँ, पानी पर्याप्त पिउने वा पानी बढी पाइने खानेकुरा बढी खानुपर्छ”, उनले भने । लापर्बाही गरे यो समयमा विभिन्न सरुवा रोग वा अन्य दीर्घरोगको जोखिम रहने उनको भनाइ छ ।

गर्मीमा वयस्क नागरिकभन्दा बालबालिका तथा ज्येष्ठ नागरिकलाई बढी स्याहार गर्नुपर्ने डा खरेल बताउछन् । “यो समयमा अस्पतालमा बिरामी बढेका छन् । बिरामीमा बालबालिका र ज्येष्ठ नागरिक बढी छन् ।’ उनले भने ।रासस

वि.सं.२०७९ जेठ १९ बिहीवार ०८:०६ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...