काठमाडौं । नेकपा माओवादी केन्द्रबाट निर्वाचित स्थानीय जनप्रतिनिधिहरुको दोस्रो दिनको प्रशिक्षण सुरु भएको छ ।
काठमाडौंस्थित कमलपोखरीको पुरानो कुमारी सिनेमा हलमा बुधबारदेखि सुरु भएको प्रशिक्षणको आज अन्तिम दिन रहेको छ ।
प्रशिक्षणमा देशैभरीका स्थानीय तहमा माओवादी केन्द्रबाट निर्वाचित नगरपालिका प्रमुख/उपप्रमुख तथा गाउँपालिका अध्यक्ष/उपाध्यक्ष गरी २६० जना र पार्टीका शिर्षनेता तथा स्थायी समिति सदस्यलगायतको सहभागीता रहेको छ ।
बुधबारदेखि सुरु भएको उक्त, प्रशिक्षणको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका थिए भने वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा लगायतका विषयमा जनप्रतिनिधिहरुले निभाउनु पर्ने भूमिकाका बारेमा बताएका थिए ।
वि.सं.२०७९ जेठ १९ बिहीवार ०९:५५ मा प्रकाशित






























