back
CTIZAN AD

मनबहादुर बिश्वकर्माको स्मरणमा सस्था गठन

वि.सं.२०७९ जेठ १९ बिहीवार

1.4K 

shares

काठमाडौं । पूर्वसांसद तथा दलित आन्दोलनका अगुवा मनबहादुर बिश्वकर्माको स्मरणमा एक अध्ययन संस्था गठन गरिएको छ ।

दलित आन्दोलनका अभियन्ता लालबहादुर विश्वकर्माको अध्यक्षतामा ११ सदस्यीय मनबहादुर विश्वकर्मा अध्ययन संस्थाको गठन भएको बाम नेता यम बिकले जानकारी दिएका छन् ।

लाल बहादुर बिक अध्यक्ष रहेको उक्त संस्थामा उपाध्यक्ष विनकुमार विश्वकर्मा, सचिव, कृष्ण विश्वकर्मा, कोषाध्यक्ष प्रतिभा विश्वकर्मा तथा सदस्यहरुमा यम विश्वकर्मा, मिठाराम विश्वकर्मा, प्रेम विश्वकर्मा, ईश्वर पौडेल, विक्रम लोहनी, गोपाल लोहनी र युक्त विश्वकर्मा रहेका छन् ।

स्मरण कार्यक्रमको आयोजना
यसैबिच प्राप्त समाचार अनुसार बिभेदमुक्ति प्रगतिशिल समाजले एक कार्यक्रमको आयोजना गरी स्व मनहादुर बिश्वकर्माको स्मरण कार्यक्रम सम्पन्न गरेको छ ।

नेकपा मालेको केन्द्रिय कार्यालयमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथि सीपी मैनाली, बिशिष्ट अतिथी संबिधानसभा सदस्य मिठाराम बिश्वकर्मा, अष्ट ज अभियानका महासचिव निलकण्ठ तिवारी, प्रा डा प्रेम शर्मा, यम बिश्वकर्मा, प्रेम बिश्वकर्मा लगायतका बक्ताहरुले उनको पारिवारीक जीवनी र संघर्षका गाथा, दलित आन्दोलनमा उनको बिशिष्ट पहिचान, बिकास निर्माण र शैक्षिक क्षेत्रमा उनको योगदान, राजनैतिक सभ्यता र समन्वयको कौशलता आदी बारेमा प्रष्ट पारेका थिए । उनको योगदानलाई स्मरण गर्न संस्थागत प्रयासको आवश्यकता बोध गरी उपरोक्त प्रस्ताव भएको थियो ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १२:४९ मा प्रकाशित

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक

काठमाडौँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

अतिरिक्त खर्च कटौती र आक्रामक बजारीकरण : नाफाको बाटोमा डिडिसी

काठमाडौँ । स्पष्ट नीति, अनावश्यक खर्च व्यस्थापन गर्दै इमान्दारिताताका साथ...

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

शहरी क्षेत्रमा यसै वर्षदेखि ५जी सेवा शुरु, २०३५ सम्ममा देशभर पुर्याइने

काठमाडौँ । नेपालको दूरसञ्चार क्षेत्रलाई उच्च गतिको मोबाइल ब्रोडब्यान्डमा रूपान्तरण...

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

पत्रकार अमात्यको निधनप्रति महासङ्घको श्रद्धाञ्जली

काठमाडौँ । नेपाल पत्रकार महासङ्घकी पूर्वकेन्द्रीय लेखा समिति सदस्य मीरा...

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

बर्दिया । महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कमल रावतलाई प्रहरीले...