back
CTIZAN AD

स्ट्याण्डर्ड चार्टर्डद्वारा ओपन नलेजलाई ३० लाख रुपैयाँ सहायता प्रदान

वि.सं.२०७९ जेठ १९ बिहीवार

717 

shares

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ओपन नलेज नेपाललाई ३० लाख रुपैयाँ सहायता प्रदान गरेको छ । बैंकले ओपन नलेज नेपालका किशोरी प्रोजेक्टलाई सहयोगार्थ ने.रु.३०.३६ लाख रुपैयाँ (युएस डरलर २५,०००)सहयोग प्रदान गरेको हो ।

किशोरी प्रोजेक्टले किशोरावस्थाका युवतीहरुलाई आधारभूत, वित्तीय, डिजिटल र जीवनोपयोगी सीपहरुबाट प्रोत्साहित, सशक्त एवं सुसज्जित गर्ने लक्ष्य राखेको बैंकले जनाएको छ । बैंकका अनुसार परियोजना ७ वटै प्रदेशहरुका १० सामुदायिक कलेजहरुमा १०० भन्दा बढी उच्च शिक्षा अध्ययन गरिरहेका युवतीहरुका लागि लक्षित रहने छ । यसको कार्यान्वयन पक्षमा शेक्वेल फाउण्डेसनले जिम्मा लिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार यो परियोजना बृहत् आर्थिक समावेशीकरणलाई प्रवर्द्धन गर्दै असमानताको सम्बोधनका लागि बैंकको विश्वव्यापी पहल “फ्यूचर्स मेकर्स बाई स्ट्याण्डर्ड चार्टर्ड” संग मिल्दोजुल्दो छ ।

सहायता रकम बैंकका कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्ग प्रमुख प्रनु सिंहद्वारा ओपन नलेज नेपालका सिइओ निकेश बलामीलाई हस्तान्तरण गरिएको थियो । रकम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “विभिन्न सीपहरु सिकाउने र समाजमा आवश्यक प्रगति एवं परिवर्तन ल्याउन सहयोग गर्ने लक्ष्य लिएको ओकेएनसँग सहकार्य गर्न पाउँदा बैंक हर्षित भएको छ ।”

वि.सं.२०७९ जेठ १९ बिहीवार १२:४६ मा प्रकाशित

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ? 

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (बुधबार)का लागि विदेशी मुद्राको...

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा दुध खोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौँ । एनएमबि बैंक लि. ले ६५ मेगावाट क्षमताको मनाङ...

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

बाँदर–बँदेलको नियन्त्रणका लागि संसद्मा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ । बाँदर र बँदेलबाट कृषि बालीमा क्षति बढ्दै गएपछि...

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...