back
CTIZAN AD

विद्यालय पछि बन्दुकधारीद्धारा अमेरिकाको एक अस्पतालमा आक्रमण : चार जनाको मृत्यु, कैयौँ घाइते

वि.सं.२०७९ जेठ १९ बिहीवार

732 

shares

काठमाडाैं । बुधवार एउटा पत्रकार सम्मेलनमा बोल्दै प्रहरी उपप्रमुख एरिक डालग्लिशले भनेः “अहिले भन्नुपर्दा चारजना सर्वसाधारण र एक आक्रमणकारी मारिएका छन्।”

आक्रमणकारीको अहिलेसम्म पहिचान खुलेको छैन। गोली चलाउँदा उनी आफू पनि घाइते भएको प्रहरीको अनुमान छ। प्रहरी उपप्रमुखका अनुसार सन्दिग्ध आक्रमणकारीसँग टाढाबाट निसाना लगाउने एउटा बन्दुक र अर्को ह्यान्ड गन पनि थियो।

आक्रमण गर्नुको उद्देश्यबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ। गत साता टेक्ससस्थित एउटा विद्यालयमा २१ जनाको ज्यान जाने गरी भएको गोलीकाण्डपछि यो आक्रमण भएको छ।

प्रहरी उपप्रमुख डालग्लिशका अनुसार स्थानीय समयअनुसार ४ बजेर ५२ मिनेटमा बन्दुकधारीबारे प्रहरीलाई खबर आएको थियो र त्यसको तीन मिनेटभित्र प्रहरी घटनास्थल पुगेको थियो।

“त्यहाँ पुगेका प्रहरी अधिकारीहरूले गोली चलेको आवाज सुने र त्यही आवाज सुनेर उनीहरू दोस्रो तलातर्फ बढे,” उनले भने।

अधिकारीहरूले दोस्रो तलामा रहेका मानिस लगायतका प्रत्यक्षदर्शीहरूसँग अहिले सोधपुछ गरिरहेका छन्। एबीसी न्यूजसँग कुरा गर्दै कप्तान रिचर्ड म्यूलेनबर्गले बताएअनुसार प्रहरीहरू मेडिकल क्याम्पस पुग्दा केही मानिसहरूलाई गोली लागेको देखिएको थियो भने केहीको मृत्यु नै भइसकेको थियो। “त्यो एउटा विभत्स दृश्य थियो,” उनले भने।

यसअघि केही साता अघिमात्रै एक बन्दुकधारी व्यक्तिले विद्दालयमा अन्धाधुन्द आक्रमण गरेका थिए । जहाँ एक दर्जनबढी विद्दार्थीकाे ज्यान गएकाे थियाे । एजेन्सीबाट

वि.सं.२०७९ जेठ १९ बिहीवार १३:२४ मा प्रकाशित

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

लालबकैया खोलामा डुबेर दुई बालबालिकाको मृत्यु, एक अझै बेपत्ता

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका–१, करुनियास्थित लालबकैया खोलामा नुहाउने...

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

नाइमा मोबिलिटी एक्स्पो २०२६’ मा टाटाको नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

डब्लिन घोषणापत्र जारी गर्दै एनआरएनए युरोप सम्मेलन सम्पन्न

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय...

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

एनआरए डेभलपमेन्ट फण्डले पायो दर्ताको अनुमति, गैरआवासीय नेपालीमा उत्साह

काठमाडौं । करिब सात वर्षदेखि नेपाल सरकारको प्रक्रियामा रहेको र...

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

हदबन्दीको कानुनी पासोमा २ हजार घर-फ्ल्याट, रियल स्टेट क्षेत्र इतिहासकै ठूलो संकटमा

काठमाडौं । जग्गाको हदबन्दीसम्बन्धी कानुनी व्यवस्थाका कारण काठमाडौं उपत्यकासहित देशका...

चक्कु प्रहारबाट मजदुरको मृत्यु

चक्कु प्रहारबाट मजदुरको मृत्यु

बागलुङ । काठेखोला गाउँपालिका–३ धम्जामा चक्कु प्रहारबाट एक मजदुर मृत्यु...