काठमाडौं । सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिन जङ्ग रायमाझी नियुक्त भएका छन् ।
बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले जेठ १८ देखि लागू हुनेगरी नायब प्रमुख कार्यकारी अधिकृतमा रायमाझीलाई नियुक्त गरेको हो । नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि उनी बैंकको प्रमुख कर्जा अधिकृत रहेका थिए ।
रायमाझीसँग नेपाल बंगलादेश बैंक, नेपाल राष्ट्र बैंक लगायतका विभिन्न बैंकमा २१ वर्ष काम गरेको अनुभव रहेको छ ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १५:३५ मा प्रकाशित



























