काठमाडौं । नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको २५९५ नमुना परीक्षणमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोहि अवधिमा ८ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ८ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार ११० जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल १०१ जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु सबै होम आइसोलेसनमा रहेका छन् भने आइसीयू र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १ लाख ३ हजार ५८२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ जेठ १९ बिहीवार १७:४५ मा प्रकाशित






























