back
CTIZAN AD

नेप्सेमा गिरावट, एक सय ६८ कम्पनीका लगानीकर्ताले गुमाए नाफा

वि.सं.२०७९ जेठ १९ बिहीवार

675 

shares

काठमाडौं । नेपाली सेयर बजार नेप्सेमा निरन्तर गिरावट आइरहेकाे छ । बिहीबार पनि नेप्से परिसूचकमा १८.२६ अंकले गिरावट आएको छ । बुधबार नेप्से परिसूचकमा ७.१९ अंकले गिरावट आएको थियो ।

बिहान बजार खुल्दा २१ सय ३० अंकबाट काराेबार सुरु भएको बजारको अन्तिममा २१ सय १२ मा बन्द भएको छ । घटेको बजारमा सेन्सेटिभ इन्डेक्स ३.८१ अंकले घटेर ४ सय १० अंकमा पुगेको छ । नेप्से परिसूचकमा गिरावट आए पनि नेप्से कारोबार रकममा भने बढेकाे छ ।

बिहीबार नाै अर्बभन्दा बढीको सेयर कारोबार भएको छ । नेप्सेमा बिहीबार ३५ लाख ६६ हजार आठ सय १९ कित्ता सेयर खरिदबिक्री हुँदा नेप्सेमा एक अर्ब १६ करोड १५ लाख १४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार ३० लाख २० हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब सात करोड ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेमा बिहीबार दुई सय २७ कम्पनी सेयर कारोबार हुँदा एक सय ६८ कम्पनीका लगानीकर्ता गुमाएका छन् भने ४६ कम्पनीका सेयरधनीले नाफा कमाएका छन् ।

यस्तै १२ कम्पनीको सेयर मूल्य हिजोकै मूल्यमा कारोबार भएको छ । सेयर बजारमा एक मात्र कम्पनी बाफेली हाइड्रो पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमाेटर सेयरमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लागेको कम्पनीमा बलेफी हाइड्रो पावर कम्पनीको सेयर १३.९ रुपैयाँले बढेर एक सय ५३.३ रुपैयाँ पुगेको छ । नेप्सेमा नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर मूल्यमा ३५.५ रुपैयाँले घटेर ३ सय २० रुपैयाँ पुगेको छ ।

वि.सं.२०७९ जेठ १९ बिहीवार १७:३३ मा प्रकाशित

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्बको बजेट (पूर्णपाठ)

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३र८४ का लागि कुल...

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

२१ खर्बको बजेट, पुँजीगत र चालुमा कति ?

काठमाडौँ । आगामी आर्थिक वर्षको बजेट २१ खर्ब २४ अर्ब...

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...