काठमाडौं । कोरोना महामारीका बेला चीनबाट नेपाल फर्किएका नेपाली विद्यार्थीहरु अध्ययन पूरा गर्नका लागि चीन जान पाउने भएका छन् ।
चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु कोरोनाका कारण नेपाल फर्किएपछि पुनः अध्ययनका लागि फर्किन पाएका थिएनन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले त्यस्ता विद्यार्थीहरुलाई पुनः चीन जाने व्यवस्था मिलाएको हो ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार नेपाली विद्यार्थीको पढाइलाई निरन्तरता दिन उनीहरूलाई चीन फर्किने व्यवस्था मिलाइएको हो ।
मन्त्रालयद्धारा जारी सूचना अनुसार पहिलो लटमा २८१ विद्यार्थी चीन पठाउन लागिएको र ती विद्यार्थीको नाम मन्त्रालयको वेवसाइटको सूचीमा राखिएको छ । उनीहरुलाई सोहि साइटमा राखिएको गाइडलाइनमा रहेको व्यहोरा बमोजिम भिसाका लागि शिघ्र निवेदन दिन समेत मन्त्रालयले आग्रह गरेको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ०८:३० मा प्रकाशित






























