काठमाडौं । नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेशसम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेका कारण देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा र मधेश प्रदेशका एक वा दूई स्थानमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै राति पनि प्रदेश १ का थोरै स्थानहरुमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानहरुमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ०८:४७ मा प्रकाशित






























