back
CTIZAN AD

नेपाली क्रिकेट टोली अमेरिकाको अल स्टार्ससँग पराजित

वि.सं.२०७९ जेठ २० शुक्रवार

1.2K 

shares

काठमाडौँ । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग– दुईअन्तर्गतको सिरिजका लागि अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोली पहिलो अभ्यास खेलमा अमेरिकाको अल स्टार्ससँग पराजित भएको छ ।

अमेरिकाको पेरिरी भ्यू क्रिकेट कम्प्लेक्समा गए राति भएको खेलमा नेपाली टोली अमेरिकामा रहेका पूर्वखेलाडीको क्लब अल स्टार्ससँग चार विकेटले पराजित भएको हो । नेपालले दिएको १९१ रनको लक्ष्य अल स्टार्सले ३३ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो ।

अल स्टार्सको जितमा विपुल शर्माले सर्वाधिक ५० रनको योगदान दिए भने एन्ड्रिज गौसले ४५ रन जोडे । त्यस्तै गौरभ बजाजले अविजित ४० रन बनाए । बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले ४५ दशमलव पाँच ओभरमा सवै विकेट गुमाउँदै १९० रन जोडेको थियो । नेपालका आरिफ शेखले सर्वाधिक ६० रनको योगदान दिए भने विनोद भण्डारीले २६ तथा करण केसीले २१ रन बनाए ।

बलिङतर्फ अल स्टार्सका मार्टिन कैनले तीन विकेट लिए । मोहम्मद इलायस र आदिल भाटीले दुई–दुई विकेट लिए । अब नेपालले दोस्रो अभ्यास खेल शनिबार अमेरिकाको ह्युस्टन हरिकेन्स क्लबसँग खेल्नेछ ।

 

वि.सं.२०७९ जेठ २० शुक्रवार ११:२९ मा प्रकाशित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...