काठमाडौं । बिन्ध्याबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले आज जेठ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्रि खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि १५ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।
आईपीआका लागि आवेदन जेठ २५ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघिनै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि शेयर निष्काशन गरिसकेको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार ११:२६ मा प्रकाशित

























