back
CTIZAN AD

सवारी साधनमा साउन १ सम्म इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही हुने

वि.सं.२०७९ जेठ २० शुक्रवार

726 

shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले साउन १ गतेसम्ममा सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट नराखे कारबाही गरिने बताइएको छ ।

विभागले वागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारीहरुमा अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धी सूचना जारी गर्दै नामाकरण भइसकेका प्रदेश माताहतका यातायात व्यवस्था कार्यालयहरुमा दर्ता रहेका सबै सवारी साधनहरु चरणबद्ध रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न २०७८ कात्तिक २२ गते नै सूचना निकालिएकोमा उक्त व्यवस्था कार्यान्वयन नभएको जनाएको छ ।

‘२०७८ कात्तिक २२ को नेपाल राजपत्रमा सूचना प्रकाशन गरिएको र यस विभागबाट बागमती प्रदेशको एकान्तकुना–ललितपुर र गुर्जुधारा–काठमाडौं तथा गण्डकी प्रदेशको पोखरा–कास्कीमा रहेका यातायात व्यवस्था कार्यालयहरुमा आवस्यक पूर्वाधारसमेत तयार गरिएकोमा ती कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा हालसम्म पनि इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धी संघीय कानुन बमोजिमको व्यवस्था तथा निर्णय कार्यान्वयन नभएको प्रति यस विभागको गम्भीर ध्यानाकर्षण भएको छ ।’

विभागले वागमती र गण्डकी प्रदेशका उल्लेखित कार्यालयहरुमा दर्ता भएका सवारीहरुमा इम्बोस्ड नम्बर प्लेट सम्बन्धी व्यवस्था कार्यान्वयन भए/नभएको सम्बन्धमा साउन १ पछि ट्राफिक अनुगमन गरिने र तोकिए अनुसार इम्बोस्ड नम्बर प्लेट जडान नगरिएको पाइएमा कारबाही गरिने चेतावनी समेत दिएको छ ।

वि.सं.२०७९ जेठ २० शुक्रवार १०:४४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...