काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता भएको छ ।
बैंक र हस्पिटालिटीबीच विभिन्न सेवाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको हो ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरु, ग्राहकवर्गहरु तथा बैंकका कर्मचारीहरुलाई हस्पिटालिटीको देशभरि संचालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको बैंकले जनाएको छ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत अनुपमा श्रेष्ठ मानन्धर र हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक र्निपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
बैंकले १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको जनाएको छ ।
वि.सं.२०७९ जेठ २० शुक्रवार १०:३९ मा प्रकाशित





























