
काठमाडौं । बिन्ध्यबासिनी हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले यहि जेठ २० गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको हो ।
कम्पनीले साधारण शेयर १५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जस मध्ये ६० हजार कित्ता कर्मचारीको लागि र ७५ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको १३ लाख ६५ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिने छ ।
आईपीआका लागि आवेदन जेठ २५ गतेसम्म दिन सकिने छ । शेयर निष्काशनका लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले यस अघिनै आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि शेयर निष्काशन गरिसकेको छ ।