
जापान । जापानमा रहेकी एक नेपाली महिलाको उपचारका क्रममा निधन भएको छ ।
जापानको राजधानी टोकियोस्थित कोइवानमा रहदै आएकी रुपन्देही रुद्र्रपुरकी ३६ वर्षीया इशा थापाको पेटको क्यान्सरको उपचारको क्रममा मृत्यु भएको हो ।
७ वर्ष अगाडि श्रीमानको डिपेन्डेडमा जापान पुगेकी थापाको मे २६ तारिखका दिन टोक्यो कु कोईवामा रहेको एदोगावा क्यान्सर हस्पिटलमा केमो थेराईपीद्वारा उपचार गर्ने क्रममा मृत्यु भएको बताइएको छ ।
एकछोरा र श्रीमानसंगै बस्दै आएकी मृतक थापा ६ वर्षदेखि क्यान्सरसँग लड्दै आएकी थिइन् । बुधबार बेलुकाबाट स्वास्थ्यमा समस्य बढ्दै गएको र बिहिबार बिहान अस्पतालले थापालाई मृत घोषणा गरेको बताइएको छ ।
मृतक थापाको पार्थिव शरीरलाई आजै जापानमैं दाहसंस्कार गरिने नेफिन जापानका उपाध्यक्ष रित रानाले जानकारी दिएका छन् ।