back
CTIZAN AD

अन्तर्राष्ट्रिय कारणले इन्धनको मूल्य वृद्धि भयोः मन्त्री बडू

वि.सं.२०७९ जेठ १३ शुक्रवार

711 

shares

काठमाडौँ । सरकारले रुस र युक्रेनबीच युद्धका कारण अन्तर्राष्ट्रियस्तरमा नै पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले आन्तरिकरुपमा पनि मूल्य बढेको स्पष्ट पारेको छ ।

नेपाल र भारतबीच भएको सम्झौताअनुसार नै सरकारी स्वामित्वको नेपाल आयल निगमले इन्धन खरिद गरिरहेको जानकारी दिँदै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले गत आवको तुलनामा चालु आवको १० महिनामा मात्रै रु एक खर्ब बढीको आयात भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठक सुरु हुनासाथ सभामुखसँग समय लिएर मन्त्री बडूले चालु आवको १० महिनामा दुई अर्ब ३८ करोड लिटर पेट्रोलियम पदार्थ र ६८ मेट्रिक टन खाना पकाउने ग्यास खरिद गरिएको जानकारी दिए । मन्त्रिपरिषद्को यही जेठ १० गतेको बैठकले कर समायोजन गर्ने निर्णय गरेको र सो प्रस्ताव अर्थमन्त्रालयमा विचाराधीन रहेको उनले बताए ।

विद्युतीय सवारी साधनको प्रवद्र्धनका लागि उच्चस्तरीय कार्यदल गठन गरिएको छ । सो कार्यदलको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष छन् । समितिमा सरोकारवाला निकायका प्रतिनिधि सदस्य छन् ।

निगम निजीकरणको प्रचार शतप्रतिशत गलत

सरकारले नेपाल आयल निगमलाई निजीकरण गर्न लागेको भन्ने प्रचार गलत रहेको र शतप्रतिशत झुटो रहेको मन्त्री बडूले बताए । उनले गलत प्रचार नगर्नसमेत आग्रह गरे । मन्त्री बडूले पेट्रोलियम पदार्थको आयात तथा बिक्री वितरण गर्न निजी क्षेत्रलाई दिन लागिएको भन्ने प्रचार गलत रहेको र गलत हल्लाका पछाडि नलाग्न आग्रह गरे । उनले निगमलाई बढी व्यवस्थित बनाउन लागिएको उल्लेख गरे ।

ओलीको टिप्पणी गलत भनेपछि एमाले सांसदको आपत्ति

बिहीबार प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता केपी शर्मा ओलीले गरेका टिप्पणीप्रति सरकारको ध्यानाकर्षण भएको मन्त्री बडूले बताए । निगमलाई वित्तीय, व्यस्थापकीय सुधार गरेर आयातलाई सहज बनाउने उद्देश्यले सरकारले प्रक्रिया अगाडि बढाएको उनले उल्लेख गरे ।

प्रमुख प्रतिपक्षी दलका नेताले आधारहीन वक्तव्य दिएको भन्दै मन्त्री बडूले सत्ता गुमाउनुपर्दाको पीडा पूर्वप्रधानमन्त्री ओलीको तर्फबाट बिहीबार संसद्मा प्रस्तुत भएको उल्लेख गरे । मन्त्रीको उक्त वक्तव्य आएपछि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसदहरु खगराज अधिकारी र विशाल भट्टराईले आपत्ति जनाए ।

एमालेका सांसदले विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका प्रमुख सचेतक भट्टराईलाई बोल्ने समय दिए । भट्टराईले मन्त्रीको वक्तव्य तथा प्रमुख विपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन आग्रह गरे । त्यस्तै, एमाले सांसद अधिकारीले पनि प्रमुख प्रतिपक्षी दलका नेतामाथि लगाइएको आरोप फिर्ता लिन पुनः आग्रह गरे ।

त्यसपछि सभामुख सापकोटाले पुनः मन्त्री बडूलाई बोल्ने समय दिए । मन्त्री बडूले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेताले निगम निजीकरण गर्न लागिएको र कमिसन खान लागेको भन्नेजस्ता टिप्पणी शतप्रतिशत गलत रहेको पुनः दोहो¥याए ।

एमाले सांसदले विरोध जनाएपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् । मन्त्री बडूले निगम पछिल्लो समय रु ४७ अर्ब घाटामा भएको र भारतीय आयल कर्पोरेशनलाई रु २२ अर्ब ४० करोड तिर्न बाँकी रहेको जानकारी दिए ।

 

वि.सं.२०७९ जेठ १३ शुक्रवार १३:०२ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...