काठमाडौं । दोर्दीखोला जलविद्युत कम्पनीले आईपीओ बाँडफाँड गरेको छ । दोर्दीले आयोजना प्रभावित स्थानीयका लागि निष्काशन गरेको सर्वसाधारण सेयर (आईपीओ) बाँडफाँड गरेको हो ।
कम्पनीले बैशाख १३ गतेदेखि जेठ ५ गतेसम्म आयोजना प्रभावित स्थानीयका लागि १० लाख ५४ हजार २ सय ६० कित्ता सेयर निष्काशन गरेको थियो । कम्पनीले लमजुङ जिल्लाको दोर्दी गाउँपालिकाको वासिन्दाहरु (साविकको भारते, अर्चलबोट, अर्चलवोट, श्रीभन्ज्याङ, नौथर, पाचोक, ढोडेनी, फलेनी, बन्सार र हिलेटक्सार (१-८ ) गा.वि.स)का स्थानीयका लागि आईपीओ निष्काशन गरेको थियो ।
स्थानीयले ७ लाख ५६ हजार ४ सय २० कित्ताका लागि आवेदन परेको कम्पनीको शेयर बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ । कम्पनीले बाँकी २ लाख ९७ हजार ८ सय ४० कित्ता शेयर र सर्वसाधारणहरुको लागि छुट्याइएको १७ लाख ४५ हजार ८ सय ५६ कित्ता साधारण शेयर निष्काशन गर्ने छ ।
कम्पनीले लमजुङको दोर्दी गाउँपालिकामा १२ मेगावाट क्षमताको दोर्दी १ जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।
वि.सं.२०७९ जेठ १३ शुक्रवार १२:४१ मा प्रकाशित

























