back
CTIZAN AD

संसदमा गगन थापाको प्रस्ताव– देशलाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाऔं

वि.सं.२०७९ जेठ २० शुक्रवार

723 

shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पेट्रोलियम पदार्थमा देखिएको समस्या समाधानका लागि तत्काल पेट्रोलियम पदार्थ ऐन ल्याउन सरकारलाई आग्रह गरेका छन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन माग गर्दै संसदमा पेस गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन्।

“संसद् चलिरहेको बेलामा म माननीय मन्त्रीज्यूलाई आग्रह गर्न चाहान्छु, पेट्रोलियम ऐन चाहियो हामीलाई”, उनले भनेका छन्, “पेट्रोलियम ऐन लिएर आयौं भने बल्ल हामीलाई बाटो देखाउँछ।”

थापाले सरकारले १० वर्ष भित्र डिजेल, पेट्रोल र एलपी ग्याँसमुक्त देश बनाउने गरी काम गर्न आजैबाट सुरु गर्नुपर्ने बताए । तत्कालका लागि चाहिँ कुनै विकल्प खोजेर पेट्रोलियम पदार्थको मूल्य थप घटाउनु पर्ने उनको भनाई छ ।

“नेपाललाई पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त देश बनाउन आजकै मितिबाट महत्त्वकांक्षी योजनाका साथ लाग्यो भने बाँच्छौँ हामी”, थापाले भने, “अहिले कतै कर घटाउने भन्दा पनि यसको दीर्घकालीन उपाय भनेको यसबाट मुक्त अर्थात् पेट्रोल–डिजेल–एलपी ग्यासमुक्त बनाउने हो ।”

थापाले आयातित इन्धन विस्थापन गर्ने नीतिसँगै तत्कालका लागि चाहिँ मर्मत, प्रदूषण शुल्क घटाएर भए पनि मूल्य घटाउनुपर्ने बताए । “यो उपाय शुरू गर्ने हो, अहिलेको लागि आज १० रूपैयाँ घटाइएको छ, अन्य घटाउने ठाउँ छन् भनेर त्यहाँबाट घटाएर भए पनि राहत दिनका लागि आग्रह गर्न चाहन्छु”, उनले भने ।

वि.सं.२०७९ जेठ २० शुक्रवार १३:५० मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...