back
CTIZAN AD

प्रभु क्यापिटल शेयर विक्रि प्रबन्धकमा नियुक्त

वि.सं.२०७९ जेठ २१ शनिवार

816 

shares

काठमाडौं । प्रभु क्यापिटल लिमिटेड शेयर विक्रि प्रबन्धकमा नियुक्त भएको छ । सगरमाथा जलविधुत कमपनीले आफनो शेयर सर्वसाधारणमा निष्काशनका लागि प्रभुलाई शेयर निष्काशन तथा बिक्रि प्रवन्धकमा नियुक्त गरेको हो ।

सो नियुक्ति सम्बन्धी सम्झौता एक कार्यक्रमको आयोजना गरी विहिबार सम्पन्न भएको हो । सम्झौतामा सगरमाथा जलविधुतका तर्फबाट कम्पनीका अध्यक्ष डा. भोगेन्द्र कुमार गुरागाईं तथा प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकाली हस्ताक्षर गरेका छन् ।

सो कार्यक्रममा सगरमाथा जलविधुत कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईं तथा प्रभु क्यापिटलका  तर्फबाट चिफ बिजनेस अफिसर बासु थपलियाको उपस्थिति रहेको थियो ।

कम्पनीले इलाम जिल्ला इलाम नगरपालिका वार्ड नं. २, ३ र ५ स्थित माई खोलामा सुपरमाई जलविधुत ‘ए’ आयोजना निर्माण गरी सञ्चालन गरिरहेको छ । आयोजनाको क्षमता ९.६ मेगावाट रहेको छ ।

आयोजनाले २०७७ जेष्ठ ३२ देखि जलविधुत उत्पादन शुरु गरिसकेको र आयोजनाले शतप्रतिशत क्षमतामा विधुत उत्पादन गरिरहेको कम्पनीका प्रबन्ध सञ्चालक भूषण गुरागाईंले सम्झौता कार्यक्रममा जानकारी दिए ।

कम्पनीले आफ्नो जारी पूँजी रु. १ अर्ब १२ करोड मध्ये स्थानीयका लागि १० प्रतिशत वापत रु. ११ लाख २० हजार कित्ता, तथा सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि रु. ४३ लाख ६८ हजार कित्ता गरी जम्मा ५४ लाख ८८ हजार कित्ता बराबरको साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

वि.सं.२०७९ जेठ २१ शनिवार १३:५२ मा प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

सोमबारका लागि विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...