back
CTIZAN AD

नासोंमा अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा

वि.सं.२०७९ जेठ २१ शनिवार

717 

shares

मनाङ । मनाङको नासों गाउँपालिकाले अतिविपन्न र दलितको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । गाउँ कार्यपालिकाको पहिलो बैठकले अतिविपन्न र दलितलाई सहजरुपमा स्वास्थ्यको पहुँचमा पुर्याउने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङको अध्यक्षतामा बसेको बैठकले सबै समुदायका अतिविपन्न नागरिक र दलित समुदायका विपन्न व्यक्तिको उपचार सहज बनाउन निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो ।

त्यस्तै पालिका क्षेत्रको सडक तत्काल मर्मत गर्ने निर्णय भएको छ । बैठकले वडालाई बालमैत्री वडा बनाउने गरी स्थानीय शासनसम्बन्धी कार्य अघि बढाउने, निरपेक्ष गरिबीको रेखामुनि रहेका घरपरिवारको विवरण तयार गर्ने, कार्यालयको सेवालाई पारदर्शी र प्रविधिमैत्री बनाउन बैठकको निर्णय तत्कालै वडा कार्यालयमा पठाउने र वेबसाइटमा राख्ने निर्णय गरेको छ भने विभिन्न विषयगत समितिसमेत गठन गर्ने निर्णय भएको छ ।

कार्यपालिकाको बैठकमा उपाध्यक्ष वेदबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र कार्यपालिकाका सदस्यको उपस्थिति रहेको थियो । बैठकले नासोँ गाउँपालिकाकाले बजेट, नीति, योजना तथा कार्यक्रम छनोटको लागि प्राथमिकतासाथ अगाडि बढ्ने तयारी गरेको छ । नीति, योजना तथा कार्यक्रम स्वीकृत आजसम्म गर्ने निर्णय गरेको अध्यक्ष धनबहादुर गुरुङले बताए ।

उनले नासोँ गाउँपालिका-१ तालगाउँस्थित मस्र्याङ्दी नदीको बाढीबाट पुगेको क्षतिलाई मध्यनजर गर्दै तटबन्ध बनाउने कामलाई प्राथमिकतामा राखिएको र निर्माणको काम भइरहेको बताए । उनले जोखिम बस्तीको व्यवस्थापनका लागि गाउँपालिका सचेत रहेको बताए ।

वि.सं.२०७९ जेठ २१ शनिवार १४:५६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...