काठमाडौं । काठमाडौं महानगरपालिकाले सर्वसाधारणका लागि शौचालय प्रयोग गर्न दिन इच्छुक महानगरभित्र रहेका होटल, रेष्टुरेण्ट, बैंक लगायतलाई सातदिनभित्रमा सम्पर्कमा आउन अनुरोध गरेको छ ।
नवनिर्वाचित मेयर बालेन्द्र साहको अध्यक्षतामा जेठ १६ गते बसेकाे नगर कार्यपालिकाको बैठकले सर्वसाधारणका लागि सार्वजनिक शौचलायमा सहजता पुगोस् भन्ने हेतुले महानगरभित्र रहेका होटल, रेष्टुरेण्ट लगायतका शौचालय प्रयोग गर्नसकिने र त्यसका लागि विशेष कार्यविधि बनाउने निर्णय गरेको थियो ।
महानगरले आइतबार एक सूचना जारी गर्दै होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यवसायी, गैरसरकारी संघसंस्था लगायतलाई सार्वजनिक रूपमा आह्वान गरेको हो ।
‘इच्छुक सम्बद्ध सरोकारवाला व्यक्ति तथा निकायले यो सूचना प्रकाशित गरेको मितिले ७ दिनभित्र तपसिल बमोजिमको कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । ’
वि.सं.२०७९ जेठ २२ आइतवार १२:१८ मा प्रकाशित






























