back
CTIZAN AD

मन्त्रीहरु हेरफेर गर्ने तयारी, माओवादी र एसले सुरू गरे छलफल

वि.सं.२०७९ जेठ २२ आइतवार

762 

shares

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनले कार्यसम्पादन मूल्यांकनमा अयोग्य ठहरीएका मन्त्रीहरुलाई हटाउने तयारी गरेको छ । जसको लागि दलहरुले आन्तरिक रुपमा छलफल तथा समीक्षा गर्न थालेका छन् ।

स्थानीय निकायको निर्वाचन अघि नै मन्त्री फेरफेरको विषयमा छलफल गरेको नेकपा (एस)ले निर्वाचन लगत्तै छलफललाई सघन रुपमा अघि बढाएको छ । जारी सचिवालय बैठकबाट मन्त्री हेरफेरको निर्णय गर्ने तयारी एसले गरेको छ ।

एसका उपमहासचिव गंगालाल तुलाधरले शीर्ष तहबाट फेरफेरको निर्णय गर्ने तयारी भएको बताए । उनका अनुसार यसअघि नै ६ महिनालाई भनेर मन्त्रीहरु पठाइएको थियो ।

“अहिले पठाएका मन्त्रीहरूलाई पनि हामीले ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो, उहाँहरूको कामको समीक्षा हुन्छ”, तुलाधरले भनेका छन्, “शीर्ष नेताहरु बसेर के–कति हेरफेर गर्ने निर्णय लिनुहुन्छ । यो आवश्यक पनि छ ।”

अहिले संघीय सरकारमा एक राज्यमन्त्रीसहित एसको तर्फबाट ५ जना मन्त्री छन् । जसमध्ये अधिकांश मन्त्रीको कार्यक्षमतामाथि प्रश्न उठिरहेको देखिन्छ ।

यता, माओवादी केन्द्रले पनि मन्त्री हेरफेरको विषयमा छलफल गरिरहेको छ । एक नेताका अनुसार कार्यसम्पादनमा उत्कृष्ट नदेखिएका मन्त्रीहरुलाई फिर्ता बोलाउने तयारी भएको छ । माओवादीले समग्र मन्त्रिपरिषदकै पुनर्संरचना चाहिरहेको उनले बताए ।

वि.सं.२०७९ जेठ २२ आइतवार १४:३६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...