back
CTIZAN AD

तुइनमुक्त बन्यो कर्णाली

वि.सं.२०७९ जेठ २२ आइतवार

759 

shares

मुगु संसार न्यूज । खत्याड गाउँपालिका–१० हयाङलु गाउँका नानी शाही कर्णाली नदीमा झोलुङे पुल बनेपछि खुशी हुदै वारिपारि तर्न थालेकी छन् ।

पहिले तुइनबाट वारपार गर्दै आएकी उनी नदीमा झोलुङे पुल बनेपछि घाँस दाउरा अनि गाई चराउन वारिपारि आउजाउ गर्न सजिलो भएको छ । ‘पुल बनेपछि तुइनबाट मुक्ती पाइयो’ नानीले भनिन्, ‘उहीलेका ती दुःखको दिन सम्झिदा मन ढुकढुक हुन्छ । असार साउनको उर्लिदो कर्णालीमा तुइनबाट वारिपारि गर्नु पर्दा साह्रै डर लाग्थ्यो ।’

झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमबाट मुगुको बिना गाउँदेखि बाजुरा जोडने पुल निर्माण गरेपछि यहाँका स्थानीय तुइनबाट मुक्त भएका हुन् ।

सोरु गाउँपालिका–४ का गंग शाही पनि झोलुङे पुलबाटै वारिपारि गर्न पाउदा खुशी छन् । पहिले तुइनबाटै हुम्ला तुम्च गाउँ आउजाउ गर्दै आएका उनी अचेल पुलबाट हुम्ला बालुकुना समान किन्न इष्टमित्र भेटघाट गर्न जाने गर्थे । झोलुङ्गे पुल बनेपछि हुम्ला तुम्च जिउलाको जग्गा कमाउन सजिलो भएको तथा गाई गोरु वारिपारि लान ल्याउन निकै सुबिधा भएको शाही बताउँछन् ।

हुम्ला कर्णाली नदीको बालुकुनामा झोलुंङ्गे पुल बनेपछि मुगुका लिब्रु, रावलबाडा, भादगाउँ र वारि हुम्ला तुम्च गाउँका स्थानीयलाई वारिपारि गर्न सहज भएको छ ।

छायाँनाथ रारा नगरपालिका–१४ सुम्ली गाउँको मुगु कर्णाली नदीमा झोलुङ्गे पुल बनेपछि सुम्ली गाउँका र कच्ची, आसीधारा गाउँका स्थानीयको बैबाहिक सम्बन्ध जोडिएको छ । पहिले ज्यान जोखिम राखेर मुगु कर्णाली नदी वारपार गर्दै आएका सुम्ली गाउँका स्थानीय अचेल पुलबाटै वारिपारि गर्न पाउदा खुशी भएका छन ।

नदी वारिपारिका बालबालिकालाई पनि बिद्यालय जान सहज भएको छ । पुल नहुँदा जोखिम मोलेर सुम्ली गाउँका बिधार्थी कच्चे गाउँमा पढन जाने गर्थे भने अचेल पुलले गर्दा बिधार्थीहरुलाई पनि वारपारि गर्न सुबिधा भएको छ । तुइनबाट मुक्ति पाउदा खुशी लागेको सुम्ली गाउँका बिर्ख भण्डारी बताउछन् ।

जोडियो सम्बन्ध
कर्णाली नदीमा झोलुङ्गे पुल निर्माणले गर्दा वारिपारि गाउँबीच बैबाहिक सम्बन्ध समेत बिस्तार भएको छ ।
तुइनले गर्दा वारिपारि गाउँको बैबाहिक सम्बन्ध टाढा भएको अबस्थामा पुलले गर्दा वारि गाउँकी चेली पारि गाउँमा बिबाह र पारि गाउँकी चेली वारि गाउँमा बिहे गर्न थालेका छन् ।

युवायुवतीहरु पनि झोलुङ्गे पुलमा भेटघाट गरि मायाप्रेम गाँस्न थालेका छन् । वारि गाउँको उत्पादन वारि गाउँमा लिएर बिक्री समेत गर्न थालेका छन् ।

झोलुङ्गे पुल बनेपछि केरा अमिलो बदाम पारि कर्णाली रोडमा लिएर बिक्रि गर्न सजिलो भएको सोरु गाउँपालिका–४ बल बुढाले बताए । अर्कोतिर नदी वारिका स्थानीय नदी पारि पुगेर माछा मार्न समेत थालेका छन् ।

पुलले गर्दा बिबाह, ब्रतबन्ध, पूर्णीमा मेला, देउसी भैलो खेल्न नदी वारिका स्थानीय पारि जाने र पारिका वारि आउन थालेपछि बैबाहिक सम्बन्ध बिस्तार भएको स्थानीयको भनाई छ ।

कर्णालीमा ३ सय ३९ पुल
साविकको कर्णालीका ५ वटा जिल्लाम अहिलेसम्म ३ सय ३९ झोलुङ्गे पुल निर्माण भएको झोलुंङ्गे पुल क्षेत्रगत कार्यक्रम कर्णाली प्रदेश सुर्खेतले जनाएको छ ।

कर्णालीको ५ वटा जिल्लामा १ सय २३ वटा झोलुङ्गे पुल निमार्णाधिन अबस्था रहेको कार्यक्रमले जनाएको छ । कर्णालीको सबैभन्दा बढी डोल्पामा ७७ वटा, कालिकोटमा ७५ वटा, मुगुमा ६७ वटा, हुम्लामा ५६ वटा र जुम्लामा ६४ वटा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

झोलुङ्गे पुलको लागत
बिशेष गरेर कर्णाली नदीमा झोलुङ्गे पुल निर्माण गर्न डोल्पा र हुम्ला बाहेक मुगु, कालिकोट र जुम्लामा सहज छ ।

सडक मार्ग पुगेपछि तराई बाट सिमेन्ट फलामे ला रड र पाटपुर्जी ढुवानी गर्न कम लागत लाग्ने गरेको छ । ढुवानी सहज भएको जिल्ला एक झोलुङ्गे पुल निर्माण गर्न ४० देखि ४५ लाख र असहज जिल्लामा ६० लाख भन्दा बढी बजेट खर्च हुने झोलुङ्गे पुल क्षेत्रगत कार्यक्रमले जनाएको छ ।

 

वि.सं.२०७९ जेठ २२ आइतवार १४:३४ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...