back
CTIZAN AD

अञ्जली अधिकारीको अभिनयमा राज सिक्देलको ‘पहिलो चोटी‘

वि.सं.२०७९ जेठ २२ आइतवार

777 

shares

काठमाण्डौं । बरिष्ठ साहित्यकार तीर्थराज अधिकारीको रचना तथा सुगम संगीतका लोकप्रिय गायक राज सिग्देलको आवाजमा रहेको गजल ‘पहिलो चोटी‘को भिडियो सार्वजनिक भएको छ ।

सुगम संगीतका चर्चित र अब्बल संगीतकार राजेश थापाको संगीत रहेको सो गजलमा दिक्षित पौडेलले संगीत संयोजन गरेका छन भने चन्द्र चौधरीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन । गजलको सुन्दर भिडियो पनी बनेको छ । जसको निर्देशन अनुप चापागाईँले गरेका हुन । बुद्ध थापाको छायाँकन , तथा विकाश दाहालको सम्पादन रहेको भिडियोमा गायक राज सिक्देल र अहिको पुस्ताकी अत्यन्तै चर्चित मोडल अञ्जली अधिकारीको अभिनय देख्न सकिन्छ ।

प्रविधिको अब्यवस्थित प्रयोगका कारण जस्तो सुकै सिर्जनाले समेत बजारमा हल्ला मचाइरहेको परिस्थितीमा मन भित्रबाटै सुन्न चाहने स्रोताहरुको निम्ती एक स्तरिय सिर्जना ल्याउँ भन्ने प्रयास स्वरुप यो गजल सार्वजनिक गरिएको रचनाकार तीर्थ अधिकारीले बताए । नेपाली साहित्यको विभिन्न विधामा विगत लामो समय देखी कलम चलाउदै आएका अधिकारी प्रवल गोरखा दक्षिण बाहु २०५५,मुक्त्तकमणी उपाधी २०७३ आदिद्धारा विभूषित भई बहुआयामिक ब्याक्तित्वका रुपमा सु परिचित छन । उनको यस अधि नै जुनकिरी ‘कविता संग्रह ’ ऐना ‘कविता संग्रह’ , तिन लय तिन गीत ‘गिती संग्रह’ झटारो ‘मुक्त्तक संग्रह’ माया ‘गीती एल्बम’ लगायत दर्जनो कृतिहरु प्रकाशित छन ।

शब्द , संगीत , स्वर तथा भिडियो सबै पक्षबाट स्तरियतामा ध्यान दिइएको भान हुने गजल ‘पहिलो चोटी’ ले आम श्रोता दर्शकहरुको मन जित्ने विश्वास लिएको समान धारणा रचनाकार तीर्थराज अधिकारी , गायक राज सिक्देल तथा संगीतकार राजेश थापाले व्यक्त गरेका छन ।

 

वि.सं.२०७९ जेठ २२ आइतवार १५:५२ मा प्रकाशित

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...