back
CTIZAN AD

तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने महानगरकाे घोषणा

वि.सं.२०७९ जेठ २२ आइतवार

561 

shares

कास्की । पोखरा महानगरपालिकाले आगामी तीन महिनाभित्रमा महानगरका सबै घर कम्पाउडमा बिरुवा रोप्ने भएको छ ।

पर्यटकी सहरसमेत रहेको पोखराको वातावरणलाई हरियाली बनाउन महानगरले नगरवासीलाई अनिवार्यरुपमा वृक्षरोपण कार्यक्रममा सहभागी गराउने भएको हो । महानगर प्रमुख धनराज अचार्यले आज ५०औँ विश्व वातावरण दिवसका सन्दर्भ पारेर महानगरले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा अबको तीन महिनाभित्र प्रत्येक घरमा बिरुवा रोप्ने कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

उनका अनुसार एक घर एक वृक्षरोपण कार्यक्रमका लागि महानगरले नै आवश्यक बिरुवा नगरवासीलाई उपलब्ध गराउने र वातावरण शाखाले तयारी अगाडि बढाउनेछ । केही वर्ष अगाडि पोखराको बीच भाग भएर बग्ने सेती नदीमा आएको अप्रत्यासित बाढी, गत वर्ष मनाङ र मादीमा आएको बाढीको स्मरण गर्दै उनले भने, “वातावरणीय सन्तुलन कायम राख्नका लागि वृक्षरोपण अनिवार्य छ, सानो क्षेत्रफलमा बनेका घरमा समेत अक्सिजन दिनेखालका सानातिना बिरुवा भए पनि रोप्न नगरवासीलाई आग्रह गर्नेछौँ ।”

पोखरामा विगतमा प्रशस्तमात्रामा रहेका पोखरी, चौतारा र वर, पीपल मासिएका उल्लेख गर्दै महानगर प्रमुख आचार्यले सडकका किनारामा कस्तो बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला पक्षसँग बसेर निष्कर्षमा पुगिने बताए ।

उनले भने, “विगतमा पोखरामा प्रशस्त पोखरी थिए, चौतारा थिए, प्रशस्त वर पीपलका बिरुवा थिए, ती सबै मासिए, अब जेजति जोगिएको छ, त्यसको संरक्षण गर्ने र सडक छेउमा कस्ता उपयोगी बिरुवा रोप्ने भन्ने विषयमा सरोकारवाला विज्ञसँग बसेर निर्णय गर्नेछौँ, पोखरालाई नाराअनुसारको स्वच्छ हराभरा सुन्दर पोखरा व्यवहारमै बनाउनेछौँ ।”

प्रमुख आचार्यले खाली जमिनमा वृक्षरोपण कार्यक्रम गर्न पोखरास्थित सम्पूर्ण सङ्घसंस्थालाई आग्रह गरे । महानगरले पोखरा–२४ को कार्यालय र कश्यप ताल परिसरमा विश्व वातावरण दिवसको अवसर पारेर वृक्षरोपण गरेको छ । सोही वडाका वडाध्यक्ष भरतबहादुर अधिकारीले विभिन्न प्रजातिका २०० भन्दाबढी बिरुवा रोपिएको जानकारी दिए ।

वडाध्यक्ष अधिकारीले अहिले वडावासी डोकोमा गाग्री बोकेर कहाँ पानी पाइन्छ भनेर धाउनुपर्ने अवस्था रहेको भन्दै सोको अन्त्यका लागि लिफ्टिङ खानेपानी आयोजना छिट्टै सम्पन्न गरेर खानेपानी उपलब्ध गराउने योजनामा रहेको बताए ।

 

वि.सं.२०७९ जेठ २२ आइतवार १६:२६ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...