काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५६०५ नमुना परीक्षणमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी सोहि अवधिमा ९ जना संक्रमण मुक्त भएका छन् । आज निको भएका ९ जनासँगै नेपालमा हालसम्म ९ लाख ६७ हजार १३७ जना संक्रमण मुक्त भएका छन् ।
नेपालमा हाल ११० जना सक्रिय संक्रमित रहेका छन् । उनीहरु मध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् । साथै आइसीयु र भेन्टिलेटरमा उपचार गराउनेको संख्या शून्य रहेको छ ।
त्यसैगरी नेपालमा हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाको ज्यान गएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ९७३ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको पनि मन्त्रालयद्धारा जारी सूचनामा उल्लेख छ ।
वि.सं.२०७९ जेठ २२ आइतवार १६:२७ मा प्रकाशित






























