काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी)ले मन्त्री हेरफेर गरेको छ । आइतबार बसेको सचिवालय बैठकले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई पठाउने निर्णय गरेको हो।
यससँगै समाजवादीले सरकारमा सहभागी हुने नयाँ मन्त्रीको नाम प्रधानमन्त्री शेबहादुर देउवालाई बुझाएको छ।
समाजवादीले सहरी विकासमा मेटमणि चौधरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई जिम्मेवारी दिने एकीकृत समाजवादीले निर्णय गरेको एक नेताले बताए ।
एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, शहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए ।
सम्बन्धित समाचार
वि.सं.२०७९ जेठ २२ आइतवार १६:३३ मा प्रकाशित






























