back
CTIZAN AD

अन्तर्राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता पोखरामा

वि.सं.२०७९ जेठ २३ सोमवार

798 

shares

कास्की । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा पोखरामा तेस्रो संस्करणको ‘माउण्ट एभरेष्ट अन्तर्राष्ट्रिय खुला तेक्वान्दो’ प्रतियोगिता हुने भएको छ । गत वर्ष कोभिड–१९ का कारण स्थगन भएकामा अन्तर्राष्ट्रिय तेक्वान्दो सङ्घले पुनः स्वीकृति प्रदान गरेपश्चात् आगामी असोज ५ देखि ९ गतेसम्म प्रतियोगिता सञ्चालन हुने सङ्घले जनाएको छ ।

सो प्रतियोगितामा विश्वका ५० भन्दा बढी देशका एक हजार ५०० खेलाडी, रेफ्री, अफिसियल गरी दुई हजारभन्दा बढी विदेशी खेलाडी र खेल पदाधिकारी सहभागी हुने मूल आयोजक समितिका अध्यक्ष एवं नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय अध्यक्ष प्रकाश शमशेर राणाले बताए ।

उनका अनुसार अन्तर्राष्ट्रिय प्रतियोगिता भएको र सोको तयारीका लागि कम्तीमा पाँच महिना समय लाग्ने भएकाले अहिलेदेखि नै आवश्यक तयारीका काम अघि बढाइएको जानकारी दिए । प्रतियोगितामा सहभागी खेलाडीले आफ्नो वरियताका लागि खेल्ने छन् । प्राप्त अङ्कका आधारमा खेलाडीको अन्तर्राष्ट्रिय वरियता तय हुने बताइन्छ ।

विश्व तेक्वान्दो सङ्घले मान्यता प्राप्त गरेको ‘जि टु’ खेल खेलाइने भएकाले सहभागी सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको आयोजकले जनाएको छ । जसमा १८ वर्षमाथिकाले पनि विभिन्न तौल समूहमा खेल्न पाउने छन् ।

नेपालको परिवेशमा सबैभन्दा बढी मेडल जित्न सफल यस खेलको प्रवद्र्धनमा सबै लाग्नुपर्ने देखिएको महासचिव दीपराज गुरुङले बताए । प्रतियोगितामा सिनियर महिला/पुरुषतर्फ आठ/आठ र जुनियरतर्फ १०/१० वटा तौल समूहका खेल हुनेछन् । प्रतियोगिताले पोखरामात्र नभई नेपालको खेल तथा पर्यटन क्षेत्रमा थप टेवा पुग्ने विश्वास आयोजकले लिएको छ ।

प्रतियोगिताका लागि रु दुई करोड खर्च लाग्ने अनुमान गरिएको र सङ्घ÷प्रदेश, स्थानीय सरकारलगायत उद्योगपति, व्यवसायी र पोखरेली जनताबाट सहयोगको अपेक्षा गरिएको सदस्य सचिव जगनबहादुर गुरुङले बताए ।

प्रतियोगिताका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको प्रमुख संरक्षकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । खेलकुद क्षेत्रलाई माया गर्ने राष्ट्रसेवक कर्मचारी, खेलाडी, राजनीतिज्ञ, उद्योगपति, व्यवसायीसमेतको ५१ सदस्यीय सल्लाहकार समिति समेत गठन भइसकेको बताइन्छ ।

प्रतियोगिताबाट नेपाली तेक्वान्दो खेलाडीले अनुभव प्राप्त गर्नसक्ने भएकाले आगामी दिनहरुमा नेपालका तर्फबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिनका लागि खेलाडीलाई सहज हुने विश्वास गरिएको छ ।

 

वि.सं.२०७९ जेठ २३ सोमवार १०:३५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...