back
CTIZAN AD

रोहिणी बस दुर्घटनामा मृत्यु हुने ९ जनाकै सनाखत

वि.सं.२०७९ जेठ २३ सोमवार

699 

shares

काठमाडौं । रुपन्देहीको रोहिणी खोला पुलमा बस दुर्घटनामा परेर मृत्यु हुने नौ जनाकै शनाखत भएको छ ।

आइतबार बिहान जनकपुरबाट भैरहवा जाने क्रममा लु २ ख ३८४१ नम्बरको बस रुपन्देहीको रोहिणी गाउँपालि ३ मा रहेको रोहिणी खोलामा खस्दा १ महिला र ८ पुरुष गरी ९ जनाको मृत्यु भएको थियो ।

उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका २ योगिकुटीका ५६ वर्षीय विष्णु पौडेल, तिलोत्तमा ८ की ३७ वर्षीया तुलसी बस्याल, ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, बुटवल ११ कालिकानगरका ४८ वर्षीय कृष्णप्रसाद बस्याल, रौतहट चन्द्रनिगाहापुरका २० वर्षीय दिनेश दास, बुटवल आदर्शनगरका ४० वर्षीय अरविन्द शर्मा तथा उनका बुवा ५० वर्षीय नागेन्द्र शर्मा, सितामढी भारतका ४५ वर्षीय सञ्जय गुप्ता र महोत्तरी पिप्रहवा– ५ का ३० वर्षका चन्दन यादवको रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता तथा डिएसपी नवरत्न पौडेलले जानकारी दिएका छन् ।

सोहि दुर्घटनामा २३ जना घाईते भएका छन् । उनीहरुमध्ये २१ जनाको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ भने २ जना सामान्य उपचारपछि डिस्चार्ज भएका छन् । घाईते २१ जनामा १५ जना गम्भीर रहेका छन् भने बाँकी को अवस्था मध्यम रहेको पनि प्रहरीले जनाएको छ ।

.यस्तो छ घाईतेको नामावली
१. जिल्ला धनुषा हंसपुर न.पा.–३ बस्ने वर्ष १८ को मुफिद मन्सुरी ।
२. जिल्ला बारा जितपुर सिमरा उ.न.पा.–१३ बस्ने वर्ष १८ को रोहन चौधरी ।
३. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १८ को सतेन्द्र चौधरी ।
४. जिल्ला बारा सिमरा न.पा.–१३ बस्ने वर्ष १५ को बरुण चौधरी ।
५. जिल्ला सिराहा, सिराहा न.पा.–९ बस्ने वर्ष ३१ को राकेशकुमार दास ।
६. जिल्ला कपिलबस्तु बाणगंगा न.पा.–५ बस्ने वर्ष २९ को तुलसीराम चौधरी । –सह–चालक)
७. जिल्ला धनुषा जनकपुर उ.न.पा.–२२ बस्ने वर्ष ३९ को बिनोद मुखिया ।
८. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–११ का वर्ष २८ को रियाज जुल्लाह मुसलमान ।
९. जिल्ला रुपन्देही लुम्बिनी सांस्कृतिक न.पा.–६ बस्ने वर्ष १६ को सहेजाद मुसलमान ।
१०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ शंकरनगर बस्ने वर्ष ३६ को सुमन क्षेत्री । –बस चालक)
११. जिल्ला रुपन्देही लुम्विनी सास्कृतिक न.पा.– ३ बस्ने वर्ष २० को राजेश यादव ।
१२. जिल्ला रौतहट बस्ने वर्ष २२ को वकिल दास हात ।
१३० भारत जनकपुरग्राम बस्ने वर्ष २८ को गौरव सिंह ।
१४. जिल्ला झापा बस्ने वर्ष ६० को जयाप्रसाद चापागाई ।
१५. जिल्ला झापा बस्ने वर्ष ५६ कि तुलसा चापागाई ।
१६. भारत बस्ने वर्ष ३२ कि सिता शर्मा ।
१७. भारत बस्ने वर्ष ५ कि सन्दिपा शर्मा ।
१८. भारत बस्ने वर्ष ४ को यश शर्मा ।
१९. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष ३५ की अञ्जली कामी ।
२०. जिल्ला रुपन्देही तिलोत्तमा न.पा.–३ बस्ने वर्ष २२ को बिपिन बस्याल ।
२१. जिल्ला रौतहट श्रीनगर बस्ने वर्ष २२ को रामजनम दास ।
२२. जिल्ला धनुषा जनकपुर बस्ने वर्ष २२ कि रिंकी यादव ।
२३. जिल्ला महोत्तरी बस्ने वर्ष २९ को साबिर अन्सारी ।

वि.सं.२०७९ जेठ २३ सोमवार १०:५१ मा प्रकाशित

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

झापामा रगतको माग उच्च

झापामा रगतको माग उच्च

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार...

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

आजको मौसम विवरण, यी प्रदेशमा मेघगर्जनसहित वर्षा हुने

काठमाडौँ । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

पूर्वानुमान र विपद् पूर्वतयारीलाई प्रभावकारी बनाउनुपर्छ : मन्त्री श्रेष्ठ

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मौसम पूर्वानुमान...

घुस लिएको अभियोगमा मुद्दा दायर

घुस लिएको अभियोगमा मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बैंकिङ कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको...