back
CTIZAN AD

झापामा रगतको माग उच्च

वि.सं.२०८३ वैशाख २६ शनिवार

339 

shares

झापा । नेपाल रेडक्रस सोसाइटी झापा शाखाले सञ्चालन गरेको रक्तसञ्चार सेवा केन्द्रमा गरिएको परीक्षणका क्रममा पछिल्ला पाँच आर्थिक वर्षमा २९ जना रक्तदाताको रगतमा एचआईभी संक्रमण (रिएक्टिभ) फेला परेको छ ।

सुरक्षित रगत आपूर्तिका लागि सोसाइटीले झापाको भद्रपुर, बिर्तामोड र दमकमा रक्तसञ्चार सेवा केन्द्र सञ्चालन गर्दै आएको छ । सङ्कलित रगत बिरामीलाई चढाउनुअघि एचआईभी, हेपाटाइटिस बी, हेपाटाइटिस सी र भिरिङ्गीजस्ता सरुवा रोगहरूको अनिवार्य प्रयोगशाला परीक्षण गर्ने क्रममा यी तथ्य बाहिर आएका हुन् ।

रगत जाँचका क्रममा आर्थिक वर्ष २०७८÷७९ मा एक जना, आव २०७९/८० मा दुई जना, आव २०८०/८१ मा छ जना, आव २०८१/८२ मा १४ जना र आव २०८२/८३ मा छ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ फेला परेको रक्तसञ्चार सेवा केन्द्र भद्रपुरका इञ्चार्ज शिशिर दाहालले जानकारी दिए ।

आव २०८१/८२ मा सबैभन्दा बढी १४ जना रक्तदाताको रगतमा एचआईभी पोजेटिभ भेटिएको उनले जानकारी दिए । सेवा केन्द्रमा जाँच गरिएका रगतमा एचआईभी पोजेटिभ देखिएमा पुनर्पुष्टिका लागि थप परीक्षण र परामर्शका लागि सिफारिस गरिदै आएको उनले बताए ।

नेपाल रेडक्रस सोसाइटीको रक्तसञ्चार सेवा केन्द्रमार्फत झापाका अस्पतालमा हरेक वर्ष १७ हजार युनिटभन्दा बढी सुरक्षित रगत आपूर्ति गर्दै आएको छ । जिल्लामा पाँच हजारभन्दा बढी स्वयम्सेवी रक्तदाता छन् ।

हरेक वर्षको वर्षायाममा रक्तदान कार्यक्रम सञ्चालन नहुने र खेतीको समय हुने भएकाले जिल्लामा रगतको अभाव हुने गरेको छ । क्यान्सर, मिर्गौला, एनिमिया लगायतका बिरामीको सङ्ख्या बढ्दै गएकोले रगतको माग पनि बढिरहेको छ ।

रेडक्रसले रगत दान गर्नुअघि र गरिसकेपछि गरिने यस्ता परीक्षणले बिरामीलाई सर्न सक्ने सम्भावित संक्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।

 

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:३३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...