back
CTIZAN AD

कविता : सत्य विचार

वि.सं.२०८३ वैशाख २६ शनिवार

564 

shares

अलख निरन्जन लोहार
टीकापुर , कैलाली,हाल – भारत

विचार हो ठुलो यहाँ बनाउने समाज यो,
अथाह शक्ति सत्यमा हराउने छ पीर जो ।
सदैव नित्य ज्ञानमा फलेर बस्छ विद्वता,
विवेकमा विशाल भै रहन्छ मानवीयता ।१।

जलेर देह मिल्छ नै अवश्य पञ्चतत्वमा,
विचार बन्छ जीवनी शरीर मिल्छ राखमा ।
शरीरको बिचारको महत्त्व जान्नु पर्दछ,
अनेक चित्र नेत्रले अपार दृश्य भर्दछ ।२।

बगान भित्र फुलले सुगन्ध भर्छ जे गरी,
बुझेर कीर्ति छर्क है मनुष्यले सधैँभरि ।
झुकेर प्रार्थना गरौँ पुजौँ सदैव ईश्वर,
भलो बिना अरू यहाँ रहन्न साथ के छ र ?३।

बनौँ अनन्त निश्चल भगाउँदै कुभावना,
गरेर कर्म सक्कली फलोस् भनेर नामना ।
समाज देश निम्ति नै बनोस् सगर्व इज्जत,
हिमालले पहाडले र गर्छ फाँट स्वागत ।४।

तुनेर देश खोजमा चुनौ अपार चन्द्रमा,
चिनाउँदै बसौँ सबै बुझेर विश्व माझमा।
विभेद त्याग्नु पर्छ है समाज भाँडिने कुरा,
बुझौँ सबै बुझौँ सधैँ मनुष्य जोडिने कुरा ।५।

छन्द : पञ्चचामर
गण : ज – र – ज – र – ज – गु
सङ्केत : ISI – SIS – ISI – SIS – ISI – S

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:३७ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...