back
CTIZAN AD

कविता : सृजना मग्मगाओस्

वि.सं.२०८३ वैशाख २६ शनिवार

837 

shares

 

इन्दिरा प्रयास,काठमाडौँ

सुख्खा पाखा तरु र लतिका पालुवा मुस्कुराई
वासन्तीका कुसुमकलि यी काव्य भित्रै अटाई ।
लेख्दा पढ्दा मन मगजमा छन्द मीठो बगाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस्।१।

आभा पाेखी अवनितलमा भानुले हेर्न लागे
डाँफे नाची उपर गिरिमा ताण्डवी राग जागे ।
फाली सारा कलुष मनका चाेट चिन्ता हटाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस्।२।

लाली फुल्दा वन चउरमा हर्ष मान्छन् धराले
लेख्दै जाऊ कवि र कविता भन्दछन् कन्दराले ।
छङ्छङ् झर्ना प्रमुदित छटा छन्दमा सग्बगाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस्।३।

शैलेन्द्रीका विकट पथका शब्द यात्रा गराई
अट्छन् धेरै धवलगिरि या उष्ण पाेख्ने तराई ।
शिक्षा दीक्षा सहजपनले देशमा जग्मगाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस् ।४।

माेती फल्ने समथल गरा छन् तरेली र टारी
देऊ शम्भाे!मनुज सबमा छन्द ओत्ने छहारी ।
देख्दै लागाेस् निमिषभरमा भावना चल्मलाओस्
यौटा भिन्नै मधुर लयमा सिर्जना मग्मगाओस्।५।

छन्द : मन्दाक्रान्ता
गण : म – भ – न – त – त – गु – गु
गण सङ्केत : SSS – SII – III – SSI – SSI – S – S

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:३९ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...