back
CTIZAN AD

कविता : छारो बनाई घर

वि.सं.२०८३ वैशाख २६ शनिवार

948 

shares

बिमला चन्द सानू
बैतडी हाल : काठमाडौं

गर्मी याम छ पोल्छ आँत शिर यो पोलिन्छ माटो पनि ,
फालिन्छन् घरबाट आज जनता कस्को भरोसा छ नि ।
होला लाभ विलापले अलिकती भन्छन् कतै मानिस ,
भोको पेट छ ताप भो मनभरी मान्दैन कोहीसित ।१।

भन्छन् जोड मिलान मास्न पहिला नोक्सान के हो कति ,
राम्रो सोच विचार साधन भए होला निकै उन्नति ।
राम्रै छन् जनका विकास पथमा राम्रै थिए योजना ,
गर्ने व्यक्ति नमिल्छ काम हितमा देखिन्छ स्वार्थीपना ।२।

खाने गाँस त मिल्छ काम बलले रोकिन्छ के घाम यो ,
सोझाले अब घिस्छ चप्पलहरू मिल्ला त सम्मानको ।
पाखो भिज्छ मरेर रुन्छ बिरुवा बग्दै जरा जङ्गल ,
यस्तै हालतमा यहाँ छ जनता सारै भए अल्मल ।३।

नौलो रोग न होस् न होस् विजयको उन्माद विस्तारको ,
जोगी आए सबै सबै सकलमा उस्तै न होस् नामको ।
गर्नैपर्छ विकास देश भरमा के काम तोड्ने बनी
साराले अब सोध्छ प्रश्न जनको गर्छौ त आफ्नो भनी ?४।

साँच्चै गर्न सकिन्छ के गरिबका छानो निकालीकन ,
भोकै रात बिहान भो सडकमा आफन्त छैनन् जन ।
अग्ला छन् जति भव्य छन् महल ती छेक्छन् उज्यालो तर ,
सत्ता मग्न छ खोज्छ के अब यहाँ छारो बनाई घर ।५।

छन्द : शार्दूलविक्रीडित
गण : म – स – ज – स – त – त – गु
सङ्केत : SSS – IIS – ISI – IIS – SSI – SSI – S

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:४७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...