back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख २६ शनिवार

678 

shares

प्रभा पोखरेल,हाल : अमेरिका

साथी उही हो साथ होस् अभरमा
खोज्दै छु सच्चा मित्र यो सहरमा

मान्छेहरूको भीडको म मान्छे
बढ्दै छु आफैँ लक्ष्यको शिखरमा

माया मिठो हो या तिर्सना मिठो हो
डुब्दै छु गहिरो यादको सगरमा

धेरै ठुला बन्नेहरू लडेको
देखिन्छ ज्यूँदो लासझैँ नजरमा

आगो र पानी झैँ मिलेर बस्दा
वर्षा खुशीको बर्सिँदै छ घरमा

बहर : सरीअ मुसद्दस मक्सूफ
अर्कान : मुस्तफइलुन् , मुस्तफइलुन् , फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : अर
तहलिली रदिफ : मा
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८३ वैशाख २६ शनिवार ०६:५३ मा प्रकाशित

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

गजल

गजल

अनुराग अरुण, लुभु, ललितपुर जसमा निकै आत्मीय प्यार हुन्छ हरपल...

गजल

गजल

कपिल किशोर घिमिरे, दाङ मेरी पियारी नजिक आइन् निकै सुस्तरी...

गजल

गजल

‌राजेन्द्रकुमार बज्राचार्य, काठमाडौँ भावनाभित्र माया पनि हुन्छ सायद अश्रु बग्दा...