back
CTIZAN AD

टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत भूटानमाथि नेपालको जीत

वि.सं.२०७९ जेठ २३ सोमवार

783 

shares

काठमाडौँ । आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप एशिया छनोटअन्तर्गत आज भएको तेस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ । मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपालले भूटानलाई चार विकेटले पराजित गरेको हो । भूटानले दिएको ६७ रनको चुनौतीलाई नेपालले १३ दशमलव एक ओभरमा छ विकेट गुमाउँदै पूरा गर्याे ।

नेपालको जीतमा सानु राजवंशीले सर्वाधिक ३० रनको योगदान दिइन् । त्यसैगरी साना प्रविणले १२ रन जोडिन भने सृष्टी जैसीले आठ। आश्मा पुलामी मगरले तीन, कप्तान कृतिका मरासिनीले दुई तथा एलिसाकुमारी यादवले अविजित दुई रन बनाइन् । बलिङमा भूटानकी साङ्गे वाङ्वोले तीन विकेट लिइन् भने सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भूटानले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर ६६ रन बनाएको थियो । भूटानका लागि कप्तान एन्गावाङ छोडेन र साङ्गे वाङ्मोले समान ११ रन बनाइन् । त्यसैगरी पेमा याङ्चेनले नौ तथा छाडो ओमले छ रन जोडिन् । बलिङमा नेपालकी कृतिका मरासिनी, अनु कडायत र मनिषा कुमारी उपाध्यायले समान दुई/दुई विकेट लिए ।

यस खेलसँगै तीन खेल खेलेको नेपालले दुई खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको छ । नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्सँग (युएई) सँग १० विकेटले पराजित भएको थियो । युएइविरुद्धको खेलमा नेपाल आठ रनमा नै अलअउट भएको थियो । छनोट खेलमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भूटान र कतार रहेका छन् । नेपालले भोलि थाइल्याण्डसँग खेल्नेछ ।

 

वि.सं.२०७९ जेठ २३ सोमवार १५:२६ मा प्रकाशित

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

विश्वकप फुटवल : सोमबार भएको स्पेन र केप भर्डेलबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको विश्वकप विजेता...

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

विश्वकप फुटबल : आइतबारको खेलमा जर्मनी विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ अन्तर्गत आज भएको...

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

विश्वकप फुटबलः क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरी

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली...

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

विश्वकप फुटबलः चेक रिपब्लिकमाथि दक्षिण कोरियाको जित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिता–२०२६ अन्तर्गत समूह ‘ए’ को...

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

विश्वकपका खेलहरु अवैध रुपमा स्ट्रिमिङ नगर्न दूरसञ्चारको निर्देशन, यसरी हेर्नुहोस् लाइभ

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरु...