back
CTIZAN AD

मन्त्री हेरफेरको निर्णयले एसभित्र विवाद, देउवाले पनि दिएनन् सहमति

वि.सं.२०७९ जेठ २३ सोमवार

723 

shares

काठमाडौं । मन्त्री हेरफेर गर्न गरेको निर्णयले एकीकृत समाजवादीभित्र विवाद देखिएको छ । छापामार शैलीमा हेरफेर गर्ने निर्णय गरेपछि मन्त्रीहरु नै फिर्ता हुन अस्वीकार गरेका छन् । मन्त्रीहरुले फिर्ता हुन अरुची देखाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि हेरफेरको निर्णयप्रति असहमति जनाएको बुझिएको छ ।

बालुवाटार स्रोतले बताएअनुसार आइतबार प्रधानमन्त्री देउवा र एसका अध्यक्ष माधवकुमार नेपालबीच मन्त्री हेरफेरबारे छलफल भएको थियो । आइतबार देउवासँगको छलफल पछि अध्यक्ष नेपालले मन्त्री हेरफेरको निर्णय गरेका थिए ।

तर, मन्त्रीहरुले नै छापामार शैलीको निर्णय भन्दै असहमति जनाएपछि देउवाले सोमबार बिहान सत्तागठबन्धनको बैठक बोलाएर तत्काल हेरफेर नगर्न अध्यक्ष नेपाललाई सुझाएका थिए । उनले बजेट पारितमै संकट आउनसक्ने भन्दै मन्त्री हेरफेर गर्न नसकिने स्पष्ट पारेको बुझिएको छ ।

स्वास्थ्य मन्त्री विरोध खतिवडा बजेट अधिवेशन चलिरहेकै बखत मन्त्री फिर्ता बोलाउने पार्टी निर्णय गैरजिम्मेवार भन्दै विरोधमै उत्रिएका छन् । आफुँहरु पनि जिम्मेवार पार्टी सदस्य भएको भन्दै उनले सामान्य छलफल पनि नगरी निर्णय गर्नु आपत्तिजनक भएको बताएका छन् । उनीसँगै शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पार्टी निर्णय अस्वभाविक भएको भन्दै विरोध जनाएकी छिन् ।

यता, पर्यटनमन्त्री प्रेम आले र श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि मन्त्रीसँग सामान्य छलफल पनि नगरी फिर्ता बोलाउने निर्णय अस्वभाविक भनि विरोध जनाएका छन् ।

सरकार नै संकटमा पर्न सक्ने

नेकपा (एस)को संसदीय दलभित्र हाल मन्त्री रहेका नेता र उनीहरु निकटको बाहुल्यता छ । यदि विरोधकै बीच उनीहरुलाई हटाइए पार्टी नै विभाजन हुनसक्ने सम्भावना रहेको बताइन्छ ।

प्रतिनिधिसभामा २३ सांसद रहेको एसमा आधाजसो सांसद प्रेम आले र कृष्णकुमार श्रेष्ठ पक्षका छन् । खतिवडा, झाँक्रीलगायतको पक्षमा पनि धेरै सांसदहरुको उपस्थिति छ । यस्तोमा असहमतिकै बाबजुद मन्त्री हेरफेर गर्ने विभाजन हुने सम्भावना देखिन्छ । प्रधानमन्त्री देउवाले संसदीय अंकगणितलाई मध्यनजर गर्दै हेरफेरको निर्णयबाट पछि हट्न सुझाएको बुझिएको छ ।

वि.सं.२०७९ जेठ २३ सोमवार १५:४७ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...