काठमाडौं । दुवईबाट कपडामा सुन लुकाएर ल्याउने दुई युवा पक्राउ परेका छन् ।
दुबईबाट काठमाडौं आउने नेपाल वायुसेवा निगमको फ्लाइट नं आरए २३० को विमानमा नेपाल आएका रुपन्देहीका ४२ वर्षीय सुरेश बहादुर शाही र कपिलवस्तुका २९ वर्षीय सन्दीप चन्द ठकुरीले कपडामा सुन लुकाएर ल्याएको अवस्थामा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका हु्न ।
आफूले लगाएको सर्ट, पाइन्ट र अन्डरवेयरमा सुन लुकाएर ल्याएका शाही र ठकुरी पक्राउ परेपछि प्रहरीले उनीहरुसँग सोधपुछका आधारमा अन्य व्यक्तिलाई समेत पक्राउ गरेको छ । प्रहरीले सुरेशबाट ५७२.१६० ग्राम र सन्दीपको साथबाट ३१६.८१ ग्राम सुन कपडामा लुकाएर ल्याएको अवस्थामा पक्राउ गरेको हो ।
शाही र ठकुरीसँगै नवलपरासी पश्चिमका ४१ वर्षीय युवराज भुसाल, बाराका २२ वर्षीय निर्मला घलान, काठमाडौंका ४१ वर्षीय राहुल भन्ने बरुणभक्त माथेमा पक्राउ परेका छन् । साथैप्रहरीले २७ वर्षीय चिनियाँ नागरिक लोप्सन ग्याल्सेन र ५१ वर्षीय भारतीय नागरिक अमन र समेत पक्राउ परेको प्रहरीले जनाएको छ ।
वि.सं.२०७९ जेठ २३ सोमवार १५:४९ मा प्रकाशित






























