back
CTIZAN AD

नेत्र न्यौपाने तक्षशिलाको प्रिन्सीपल नियुक्त

वि.सं.२०७९ जेठ २४ मंगलवार

918 

shares

काठमाडौँ । काठमाडौंमा रहेको प्रतिष्ठित शिक्षण संस्था तक्षशिला एकेडेमीको प्रिन्सीपलमा नेत्र न्यौपाने नियुक्त भएका छन् ।

पर्वतको वहाकी तलातुममा जन्मेर करीव ३० बर्षदेखी शैक्षिक क्षेत्रमा लागेका न्यौपाने तक्षशिलाको प्रिन्सीपलमा नियुक्त भएका हुन् ।

शैक्षिक यात्राका क्रममा उनी कुशल शिक्षक, सफल व्यवस्थापक तथा जनमैत्री अभियन्ताको रुपले परीचित छन् । लामो समय लुनार एकेडेमीको प्रिन्सीपल, सहकारीको अध्यक्ष र दर्जनौ सामाजिक संस्थाहरुमा नेतृत्व गरेका न्यौपाने अधिवक्ता समेत हुन् ।

बालुवाटारमा २०५४ मा स्थापित तक्षशिला एकेडेमी २०६९ देखि सामखुसीमा संचालित छ ।

विद्यार्थीलाई निर्धारित पाठ्यक्रम पढाउनुको अलावा यसले राष्ट्रिय महत्वको बिषयमा पनि काम गरेको पाइन्छ । शान्ति प्रक्रिया असहज देखिएका बेला यो एकेडेमीले राजनीतिक पार्टीका उच्च नेतृत्वलाई एउटै मन्चमा ल्याई शान्ति प्रक्रियालाई निस्कर्षमा पुर्याउन समेत योगदान पुर्याएको थियो ।

‘ऐतिहासीक पृष्ठभुमि, संस्थाको गरीमा, र राष्ट्रको आवश्यकतालाई हृदयंगम गरी तक्षशिलाको शैक्षिक उत्तरदायित्व पूरा गर्नेछु’ नवनियुक्त प्रिन्सिपलले संसारन्यूजलाई भने ।

वि.सं.२०७९ जेठ २४ मंगलवार ०८:३२ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...