काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले सेञ्चुरी डबल धमाका मद्धती खाता संचालनमा ल्याएको छ । बैंकले ग्राहकवर्गहरुको हितलाई ध्यानमा राखेर उक्त खाता सञ्चालनमा ल्याएको हो ।
यस खातामा ग्राहकहरुले साढे ६ वर्षमा आफूले जम्मा गरेको रकमको दुई गुना रकम (डबल रकम) प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
बैंकका अनुसार खाता न्यूनतम रु. १०,००० मानै खोल्न सकिनेछ । यस खातामा बैंकले ग्राहकहरुलाई मोबाइल बैंकिंग, भिषा डेबिट कार्ड र एसएमएस एलर्ट निःशुल्क उपलब्ध गराएको जनाएको छ । साथै यस खातामा साँवा रकमको ८०% सम्म ऋण पनि लिन सकिने बताइएको छ । यो खाता बैंकका सम्र्पूण शाखाहरुबाट खोल्न सकिने बैंकले जनाएको छ ।
बैंकले आफ्ना १४३ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
वि.सं.२०७९ जेठ २४ मंगलवार १३:२३ मा प्रकाशित



























