back
CTIZAN AD

चार दिनदेखि हराएकी बालिका मृत फेला

वि.सं.२०७९ जेठ २४ मंगलवार

612 

shares

कर्णाली । चार दिनदेखि हराएकी गुर्भाकोट नगरपालिका– ५ सुर्खेत धारापानीका करिब सात वर्षीय बालिका मृत अवस्थामा फेला परेकी छन् ।

गएको शनिबार उक्त नगरपालिका–५ मा आयोजना गरिएको कार्यक्रममा हजुर आमासँगै बालिका गएकोमा सोही दिनबाट हराएकी थिइन् । बालिका घर नआएपछि परिवारले सोमबार प्रहरीमा जानकारी दिएको थियो । खोजीको क्रममा उनकै घरदेखि १०० मिटर तल मितबेतिनी भन्ने स्थानमा आज बिहान बालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

“घटनाबारे अनुसन्धान गर्न ईलाका प्रहरी कार्यालय छिन्चुको टोली घटनास्थल पुगेको छ”, प्रहरी नायब उपरीक्षक घर्तीले भने, “बालिकाको मृत्युको कारणबारे अनुसन्धान भइरहेको छ ।”

वि.सं.२०७९ जेठ २४ मंगलवार १३:४० मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...