back
CTIZAN AD

देशका यी नौ स्थानमा जुनसुकै बेला इन्टरनेट काटिनसक्ने

वि.सं.२०७९ जेठ २४ मंगलवार

606 

shares

काठमाडौँ । देशका विभिन्न नौ स्थानमा जडान गरिएको इन्टरनेट जुनसुकै बेला काटिन सक्ने भएकोे छ । इन्टरनेट सेवा प्रदायकहरुको छाता सङ्गठनका रुपमा रहेको इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल (आइस्पान)ले नेपाल विद्युत् प्राधिकरणका कारण उक्त स्थानमा इन्टरनेट जुनसुकै बेला काटिनसक्ने जनाएकोे हो ।

आइस्पानले एक विज्ञप्ति जारी गर्दै इलाम, विराटनगर, खोटाङ, गाईघाट, इनरुवा, धरान, धुवही, लहान र डोेटीमा जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने जनाएको हो ।

“इन्टरनेट प्वाइन्ट तथा डाटा सेन्टर जडान गरिएको स्थानमा प्राधिकरणले घरबेटीसमेतको विद्युत् लाइन काट्ने कार्य निरन्तर रुपमा गरिरहेको छ, प्राधिकरणले विद्युत् कटौती गरेपछि ब्याकअप सिस्टमको प्रयोग गरिएको छ, ब्याकअप सिस्टमले धान्न छाडेपछि जुनसुकै बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्छ”, आइस्पानले जनाएको छ ।

प्राधिकरणले इन्टरनेट सेवा प्रदायक कम्पनीले पोलभाडाको बक्यौता रकम भुक्तानी नगरेको भन्दै केही स्थानमा विद्युत् कटौती गर्न थालेको छ । बक्यौता रकम भुक्तानीका लागि पटक/पटक आग्रह गर्दासमेत भुक्तानी नभएपछि प्राधिकरणले विद्युत् कटौती गर्न थालेको हो ।

वि.सं.२०७९ जेठ २४ मंगलवार १४:२६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...