back
CTIZAN AD

आठ करोड लगानीमा निर्माण गरियो महालक्ष्मी ट्रायल सेन्टर, यस्ता छन् त्यहाँका सुविधा …

वि.सं.२०७९ जेठ २४ मंगलवार

663 

shares

चितवन । भरतपुर महानगरपालिका–८ स्थित तीनतले चोकमा सुविधा सम्पन्न सवारी चालक प्रशिक्षण केन्द्र निर्माण गरिएको छ । दुई बिघा तीन कट्ठा जग्गामा प्रशिक्षण केन्द्र निर्माण गरिएको हो ।

महालक्ष्मी ट्रायल सेन्टर प्रालिले आज केन्द्र परिसरमा पत्रकार सम्मेलन गरी त्यहाँका सुविधाका बारेमा जानकारी गराएको हो । चितवनका पाँचसहित १५ युवा व्यवसायीले जग्गा भाडामा लिएर केन्द्र स्थापना गरेकोे प्रालिका अध्यक्ष डम्बर थापाले जानकारी दिए । उनका अनुसार रु आठ करोड लगानीमा केन्द्र सञ्चालनमा ल्याइएको र यो देशकै सबैभन्दा ठूलो सवारी चालक प्रशिक्षक केन्द्र हो ।

मोटरसाइकल, स्कुटर, कार, जीप, डेलिभरी भ्यान, मझौला सवारी, भारी सवारी साधन, ट्र्याक्टरका साथै हेभी इक्युपमेन्टहरु र दक्ष प्रशिक्षकद्वारा सिकाइने सो सेन्टरमा दैनिक एक हजारलाई प्रशिक्षण दिन सक्ने क्षमता रहेको छ । केन्द्रमा यातायात व्यवस्था कार्यालयबाट सवारी चालक अनुमति पत्र लिन लिइने प्रयोगात्मक तथा लिखित परीक्षाका लागि दैनिक एक हजार ५०० को परीक्षा लिन सक्ने क्षमता रहेको उनकोे भनाइ थियो । उक्त केन्द्रमा १५ कार, जिप, ५० मोटरसाइकल, २५ स्कुटर प्रशिक्षणका लागि व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए ।

टाढाबाट आउने प्रशिक्षार्थीहरुका लागि आवासीय व्यवस्था रहेको सो केन्द्रमा अपाङ्ग मैत्री शौचालय, अपाङ्ग मैत्री भवन, पार्किङको उचित व्यवस्था छ । एक पटकमा ७०० सवारी साधन पार्किङ गर्न मिल्ने उनले बताए । सवारी चालक प्रशिक्षण केन्द्र सञ्चालन निर्देशिका २०७४ को मापदण्डअनुसार केन्द्र निर्माण गरिएको हो । केन्द्रका सञ्चालक आर्किटेक्ट इञ्जिनियर सुजन नेपालले दैनिक तीन हजार जनाले ट्रायल परीक्षा दिन मिल्ने गरी प्रशिक्षण केन्द्र बनेको बताएण् । उनका अनुसार चार वटा ¥याम, एट सेप, एल

ब्याक, युटर्न पाँच–पाँचवटा छन् । यस्तै हम्प तीनवटा, ट्राफिक लाइट चार सेटलगायत संरचना बनाइएको इञ्जिनियरय  नेपालले बताए । प्रशिक्षण केन्द्र असार पहिलो सातादेखि सञ्चालन आउने जनाइएको छ । चितवनमा ३० भन्दा बढी ड्राइभिङ केन्द्र छन् । पूर्वपश्चिम राजमार्गबाट करिब एक किलोमिटरभित्र प्रशिक्षण केन्द्र रहेको छ ।

 

वि.सं.२०७९ जेठ २४ मंगलवार १५:५३ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...