back
CTIZAN AD

कपडामा यसरी लुकाएर ल्याएका थिए शाही र ठकुरीले दुबईबाट ७६ तोला बढी सुन (तस्बिर सहित)

वि.सं.२०७९ जेठ २४ मंगलवार

879 

shares

काठमाडौं । युएईबाट ७६ तोला बढी अवैद्य सुन बोकेर आएका दुई युवा त्रिभुवन विमानस्थलबाट पक्राउ परेका छन् ।

भिजिट भिसामा दुबई गएका गुल्मी घर भई हाल रुपन्देहीको सैनामैना १ मा बस्ने ४२ वर्षीय सुरेश बहादुर शाही र कपिलवस्तुको बाणगंगाँ ८ का सन्दिप चन्द ठकुरी ८ सय ८८ ग्राम (७६ तोला बढी) सुन बोकेर आएको अवस्थामा आइतबार विमानस्थलबाट पक्राउ परेका हुन् ।

एकसाता अघि भिजिट भिसामा दुबई पुगेका उनीहरु फर्किने क्रममा आफुले लगाएको कपडामा सुनको जलप लगाएर अबैद्य सुन बोकेर आएका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी बसन्त बहादुर कुँवरका अनुसार उनीहरु यसअघि पनि पटक–पटक तस्करीको सुन ल्याउन दुवई गएको पाइएकोछ ।

जेठ २१ गते दुबईबाट काठमाडौं आएको नेपाल नेपाल वायु सेवा निगमको फ्लाइट नम्बर आरए२३० को जहाजमा केही व्यक्तिहरूले भन्सार छलेर अवैध रूपमा सुन ल्याउदै छन् भन्ने गोप्य सूचनाका आधारमा विमानस्थलमा पुगेर निगरानी गरेको प्रहरीले ठकुरी र शाहीलाई पक्राउ गरेको हो ।

May be an image of shorts

विमानस्थलबाहिर निगरानी गरिरहेको प्रहरीले शाही र ठकुरीले लगाएको सर्ट, पेन्ट तथा अण्डरवेयरका विभिन्न भागहरूमा नदेखिने गरी सुनको पेस्ट बनाई ८८८.९७ ग्राम अवैध सुन ल्याएको अवस्थामा पक्राउ परेका थिए ।

उनीहरु पक्राउ परेपछि प्रहरीले सोहि कार्यमा संलग्न रहेका अन्य पाँचजनालाई पनि पक्राउ गरेको हो ।

May be an image of 7 people

पक्राउ पर्नेमा जितपुरसिमरा–१६ बारा हाल काठमाण्डौंको बौद्धमा बस्ने २२ वर्षीया निर्मला घलान, धनुषा बडेश्चर–४ धनुषा घर भइ बुढानिलकण्ठमा बस्ने राहुल भन्ने ४१ वर्षीय बरूण भक्त माथेमा, चीन तिब्बत छेन्दु, हाल बौद्ध बस्ने २७ वर्षीय लोप्साङ ग्याल्सेन, सुनवल–१०, नवलपरासी पश्चिम हाल माछापोखरी बस्ने ४२ वर्षीय युवराज भुसाल र दिल्लीको कृष्णनगर हाल ललितपुरको बागडोल बस्ने भारतीय नागरिक ५१ वर्षीय अमन राजपुतलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

May be an image of indoor

सो समहका मुख्य नाइके रहेका युवराज भुसालले प्रहरीले नियन्त्रणमा लिनासाथ थप सूचना चुहिने डरले मोबाइल फुटालेको पनि प्रहरीले जनाएको छ । प्रहरीले केमिकल प्रयोग गरेर ती कपडा गालेर सुन निकालेका थिए । यसअघि सुन तस्करका गिरोहहरुले विभिन्न तरिकाले सुन लुकाएर ल्याउने गरेका थिए । प्रहरीका अनुसार यसरी कपडामा जलप लगाएर सुन तस्कर गरेको घटना पहिलो हो ।

May be a closeup

दुवईबाट कपडामा सुन लुकाएर ल्याएका दुईसहित सात पक्राउ

वि.सं.२०७९ जेठ २४ मंगलवार १५:३५ मा प्रकाशित

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

नेपाल बैंकका ग्राहक तथा कर्मचारीले इन्द्रप्रस्थ अपोलोमा उपचार गर्दा छुट पाउने

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

रियलमीद्धारा प्रिमियम सुविधासहित पी३ अल्ट्रा फाइभजी र पी३ फाइभजी सार्वजनिक

काठमाडौं । रियलमीले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टफोन पी३ अल्ट्रा...

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

फेदीखोलामा प्रथम मौरी दिवस कार्यक्रम मनाइने

असार । स्याङ्जाको फेदीखोला गाउँपालिकाले मौरी संरक्षण, प्रवद्र्धन तथा कृषि...

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

नियन्त्रणमा रहेका ७७५ ‘बिवाइडी’ विद्युतीय सवारी फुकुवा

मुस्ताङ। मुस्ताङको कोरलानाका हुँदै नेपाल भित्रिएका बिवाइडी कम्पनीका विद्युतीय सवारीसाधनमाथिको...

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले चालु आर्थिक वर्षका...